चिनियाँ कम्पनीमा अनधिकृत लगानीको लागि फक्सकनलाई ताइवानले जरिवाना गर्ने

  • Technology Khabar | ३ पुष २०७९, आईतवार

काठमाडौं ।

ताइवानले अनाधिकृत रुपमा चिनियाँ कम्पनीमा लगानी गरेको भन्दै एप्पलको आपूर्तिकर्ता फक्सकनलाई जरिवाना गर्ने भएको छ। ताइवान सरकारले शनिबार फक्सकनलाई चिनियाँ चिप निर्मातामा अनधिकृत लगानी गरेको भन्दै जरिवाना गर्ने रोयटर्सले उल्लेख गरेको छ।

ताइवानले आफ्नो सेमीकन्डक्टर उद्योगलाई बढावा दिने चीनको महत्वाकांक्षामा सावधानी अपनाएको छ। चीनले आफ्नो चिप टेक्नोलोजी चोर्ने विषयलाई रोक्नको लागि कानूनलाई कडा बनाउँदैछ।

गत जुलाईमा फक्सकनले विवादित चिनियाँ चिप सिङ्गुआ यूनिग्रुपको सेयर खरिद गरेको खुलासा गरेको थियो।

शुक्रबार फक्सकनले ताइपेई स्टक एक्सचेन्जमा फाइलिङमा दिएको जानकारीमा यसको चीनको सहायक कम्पनी सिङ्गुआ युनिग्रुपमा आफ्नो सम्पूर्ण इक्विटी शेयर बेच्न सहमत भएको छ।

ताइवानको अर्थ मन्त्रालयले यसको प्रतिक्रियामा यसको लगानी आयोगले सोमबार फक्सकनलाई लगानीको बारेमा ‘पूर्ण स्पष्टीकरण’ सोध्ने जानकारी दिएको छ।

प्रकाशित: ३ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया