काठमाडौं ।
यूट्यूबले आफ्नो एन्ड्रोइड र आईओएसका प्रिमियम प्रयोगकर्ताहरुलाई लक्षित गरेर ‘एड टु क्यू’ फिचरको परीक्षण शुरु गरेको छ। स्मार्ट टीभीहरु र डेस्कटप भर्सनको लागि उक्त फिचर यूट्यूबको एपमार्फत उपलब्ध गराईएको बताईएको छ।
यूट्यूबले उक्त एड टु क्यू फिचरलाई परीक्षणको रुपमा जनवरी २८ सम्म उपलब्ध गराउने भएको छ। यसको आधिकारीक रोल आउट भने त्यसपछिका दिनहरुमा घोषणा गरिने उल्लेख गरिएको छ।
मोबाईलका युट्युब प्रिमियम प्रयोगकर्ताले भने उक्त फिचर उपयोग गर्नका निम्ति सेटिङ पेजमा गएर ट्राई न्यू फिचर्स मेनूमा क्लिक गर्नुपर्ने छ। त्यसपछि युट्युब एप रिलोड भई प्रयोगकर्ताले त्यसपश्चात हरेक भिडियोहरुको तल उपलब्ध हुने थ्री डट्स मेनू मार्फत आफ्नो क्यूमा भिडियोहरु एड गर्न सक्नेछन्।
उक्त नयाँ क्यू अप्सनले टिभीमा जस्तै काम गर्ने र चाहे अनुसारको भिडियो सूचीमा थप गर्न मिल्ने बताईएको छ। भिडियोहरु क्रमबद्धरुपमा एकपछि अर्को गरेर प्ले हुनेछन् र साथै प्रयोगकर्ताहरुले ड्रप–डाउन मेनू मार्फत लिस्ट रिएरेन्ज गरी भिडियोहरु हटाउन पनि सक्नेछन् ।
त्यसैगरी क्यू बारमा डिलिट अप्सन पनि रहेको उल्लेख गरिएको छ। उक्त अप्सनको सहयोगले सम्पूर्ण भिडियोहरुलाई सामूहिक रुपमा मेट्न वा हटाउन मिल्ने छ।
प्रकाशित: ३ पुष २०७९, आईतवार