काठमाडौं ।
गत अगस्टमा शाओमीले पातलो होरिजन्टल फोल्डिङ मिक्स फोल्ड २ स्मार्टफोन सार्वजनिक गरेको थियो। ओप्पोले भने अब कम तौल भएको होरिजन्टल फोल्डिङ स्मार्टफोन ल्याएको छ। आफ्नो पूर्ववर्ती फोनहरु सरह ल्याण्डस्केप स्क्रीन डिजाईन रहेको फाईन्ड एन २ को तौल २३३ ग्राम रहेको र यो तौल पहिलेको भन्दा ४२ ग्राम कम भएको बताईएको छ।
फाईन्ड एन २ सामसङ ग्यालेक्सी जेड फोल्ड ४ भन्दा ३० ग्राम हलुको भएको बताईएको छ। त्यस्तै आईफोन फोर्टिन प्रो म्याक्स भन्दा फाईन्ड एन २ केहि ग्राम मात्र हलुको छ। तर्सथ ओप्पोले उक्त नयाँ डिभाईसलाई ईन्डस्ट्रीकै सबै भन्दा हलुको होरिजन्टल्ली फोल्डिङ फोन भएको दाबी गरेको छ।
फाईन्ड एन २ को ग्रीन र ह्वाईट भर्जनहरु ग्लास ब्याकले गर्दा ४ ग्राम बढि भारी भएतापनि अन्य फोनहररु संगको प्रतिसपर्धामा हलुकानै भएको बताईएको छ।
ओप्पोले फ्लेक्सिबल स्क्रीनको लागि सेकेण्ड–जेनेरेसनको सानो फ्लेक्सन हिञ्जको साथै एल्युमिनियमको सट्टामा कार्बन फाईबर अन्डरफ्रेम प्रायोग गरिएको बताईएको छ। टीयूभी राईनल्याण्डको सर्टिफिकेसन अनुसार फाईन्ड एन २ को सामान्य अवस्थामा ४ लाख भन्दा बढि फोल्डस रहेको र ५० डिग्री सेल्सियस देखि माइनस २० डिग्री सेल्सियस सम्मको तापक्रमअवस्थामा भने फोनको मात्र १ लाख भन्दा धेरै पटक फोल्डस रहेको उल्लेख गरेको छ।
त्यसैगरी उक्त फोनको १.२ मिटर ड्रप टेस्टमा सोहि सर्टिफिकेसन कम्पनीले ग्रीन टिक प्रदान गरेको बताईएको छ। फोनमा ४,५२० एमएएचको सुपर भीओओसी ६७ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ब्याट्री रहेको छ। उक्त ब्याट्री १० मिनेटमै जीरोदेखि ३७ प्रतिशत सम्म चार्ज हुन्छ भने ४२ मिनेटमा फुल चार्ज हुने उल्लेख छ।
स्न्यापड्रागन ८ प्लस जेन १ को चिपसेट फोनमा समावेस गरिएको छ। फोनमा ५.५४ ईन्चको एक्सटर्नल डिस्प्लेको साथै ७.१ इन्चको फ्लेक्सिबल स्क्रीन रहेको बताईएको छ। उक्त फोनको ठूलो ल्याण्डस्केप स्क्रीनको पूर्ण रुपमा उपयोग गर्नको लागि कम्पनीले ४,०९६ लेबलको प्रेसर सपोर्ट गर्ने र ११ घण्टाको ब्याट्री लाईफ भएको ओप्पो पेन पनि सार्वजनिक गर्ने छ। उक्त ओप्पो पेनको बटन क्यामराको फ्लेक्स फर्म क्याप्चर प्रयोग रिमोटको रुपमा उपयोगी हुनेछ।
ह्यासलब्ल्याडको सहयोगमा फाईन्ड एन २ फोनमा नयाँ क्यामराको सेट प्रयोग भएको उल्लेख छ। १.८ एपर्चर सहित ५० मेगापिक्सेलको अप्किल स्टेबलाईजेसन युक्त मेन क्यामरा (२४ एमएम बारबर), २.२ एपर्चर सहित ४८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा (१४ एमएम बारबर) , २.२ एपर्चर सहित ३२ मेगापिक्सेलको टेलिफोटो क्यामरा (४७ एमएम बारबर) गरेर तीन ओटा क्यामरा सहितको ट्रिपल क्यामरा सेटअप फोनमा उपलब्ध भएको बताईएको छ। त्यसैगरी फोनमा २.४ एपर्चर सहित ३२ मेगापिक्सलको फ्रन्ट–फेसिङ क्यामरा फोल्डेबल स्क्रीनको टप–लेफ्ट कर्नरमा रहेको उल्लेख गरिएको छ। ओप्पोको आफ्नै मारीसिलिकन एक्स ईमेजिङ न्यूरल प्रोसेसरका मार्फत फोनले फोर–के अल्ट्रा नाईट भिडियो र फोर–के अल्ट्रा एचडीआर भिडियो क्याप्चर गर्न सक्षम रहेको उल्लेख गरिएको छ।
फोनमा ३.२६ ईन्चको एक्सटर्नल डिस्प्ले रहेको र उक्त डिस्प्ले फ्लिप डिभाईसहरु मध्येमा लार्जेस्ट कभर स्क्रीन भई सेल्फी खिच्न, क्यालेण्डर चेक र म्यासेजहरु पूर्वावलेकन गर्न निकै नै उपयुक्त हुने उल्लेख गरिएको छ। सामसङमा ३,७०० एमएएचको ब्याट्री रहेको छ भने फाईन्ड एन २ फ्लिपमा४४ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ४,३०० एमएएचको ब्याट्री रहेको बताइैएको छ। मिडिया टेक डाईमेनसिटीको ९००० प्लस प्रोसेसर समावेस गरिएको फाईन्ड एन २ फ्लिपले डुअल सिम डुअल फाइभजी स्ट्याण्डबाई सपोर्ट गर्ने भनेर चिफ प्रोडक्ट अफिसर पीट लाउले जानकारी दिएका छन्। फाईन्ड एन २ स्मार्टफोनमा जस्तै फाईन्ड एन २ फ्लिपमा पनि १.८ एपर्चर सहित ५० मेगापिक्सलको मेन क्यामरा, २.२ एपर्चर सहित ४८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा र २.४ एपर्चर सहित ३२ मेगापिक्सलको फ्रन्ट–फेसिङ क्यामरा रहेको उल्लेखछ।
१२ जीबी र्याम सहित २५६ जीबी स्टोरेज भएको फाईन्ड एन २ स्मार्टफोनको मूल्य लगभग १,१५० अमेरिकी डलर रहेको छ। त्यसैगरी थप एडभान्स्ड १६ जीबी र्याम सहित ५१२ जीबी स्टोरेज भएको फाईन्ड एन २ स्मार्टफोनलाई मूल्य लगभग १,२९० अमेरिकी डलर रहेको छ।
फाईन्ड एन २ फ्लिपमा पनि ८ जीबी र्याम सहित २५६ जीबी स्टोरेज र १६ जीबी र्याम सहित ५१२ जीबी स्टोरेज गरी दुुई भर्सन रहेको र तिनीहरुको मूल्य क्रमशः ८६० र १००० अमेरिकी डलर रहेको छ।
चीनमा यहि डिसेम्बरको २३ तारिखमा फाईन्ड एन २ र डिसेम्बरको ३० तारिखमा फाईन्ड एन २ फ्लिप सार्वजनिक गरिने बताईएको छ। चीनमा दुबै फोनहरुको प्रिअर्डर खुलिसकेको इनग्याजेटले बताएको छ।
प्रकाशित: ३ पुष २०७९, आईतवार