सामासङ ग्यालेक्सी एम १४ फाईभजी छिट्टै लन्च हुने

  • Technology Khabar | ३ पुष २०७९, आईतवार

काठमाडौं ।

सामसङ ग्यालेक्सी एम १४ फाईभजी सामसङको पाईपलाईनमा रहेको नयाँ बजेट–रेञ्जको स्मार्टफोन रहेको बताइएको छ। उक्त डिभाइस गीकबेन्च र बीआईएस जस्ता सर्टिफिकेसन साईटहरुमा देखा परिसकेकाले पनि भारतमा छिट्टै नै लन्च हुनेछ। त्यसैगरी पछिल्लो समयमा उक्त डिभाइस ब्लुटुथ एसआईजीमा देखा परेको जानकारी गीज्मोचाईनामा उल्लेख गरेको छ।

एसएम-एम१४६बी-डीएसएन मोडल नम्बर भएको उक्त डिभाइस सामसङको ग्यालेक्सी एम १४ फाईभजी भएको लिस्टिङलको दाबी गरेको छ। त्यसैगरी उक्त डिभाइसले ब्लुटुथ ५।२ कनेक्टिभिटी सपोर्ट गर्ने भनि ब्लुटुथ एसआईजी लिस्टिङले थप खुलाएको छ। यस विवरण भन्दा धेरै अन्य जानकारी हाललाई नखुलाईएको लिस्टिङले बताएको छ। यद्यपि गीकबेन्चमा भने उक्त डिभाइसको बरेमा केही थप विवरणहरु सार्वजनिक भएको उल्लेख गरिएको छ।

ग्यालेक्सी एम १४ फाईभजीमा एक्सनोस एस५ई८५३५ एसओसी रहेको र त्यो आगामी एक्सनोस १३३० चिपसेट हुन सक्ने भनी अनुमान गरिएको गीकबेन्च लिस्टिङले बताएको छ। डिभाइसको लो कस्ट ब्राकेटमा प्रयोग भएतापनि उक्त चिपसेट धेरै सक्षम रहेको गीकबेन्चको स्कोरले देखाएको छ। उक्त डिभाइसमा दुई वोटा २.४ गीगाहर्ज र ६ वोटा २.००० गीगाहर्ज क्लक्ड कोरहरु रहेको उल्लेख गरिएको छ। हाल ४ जीबी र्याम रहेको उक्त डिभाईसमा कम्पनीले थप र्याम र स्टोरेज दिन सक्ने संभावना रहेको उल्लेख गरिएको छ। त्यसैगरी उक्त डिभाइसमा वान यूआई ५.० स्कीन र एन्ड्रोईड १३ समावेस गरिएको गीकबेन्च लिस्टिङले बताएको छ।

अहिलेलाई ग्यालेक्सी एम १४ फाईभजीको अन्य फिचरहरुको बरेमा थप जानकारी नभएतापनि यसको पूर्ववर्ती ग्यालेक्सी एम १३ फाईभजी भन्दा थप सुधारात्मक भएर आउने अपेक्षा गरिएको छ। कतिलाई थाहा नहुन सक्छकी ग्यालेक्सी एम १३ फाईभजीमा इन्ट्री लेबलको डाईमेनसिटी ७०० चिपसेटको साथै ६ जीबी र्याम रहेको थियो। त्यस्तै ग्यालेक्सी एम १३ मा ९० हर्ज रिफ्रेस रेट सहितको ६.५ ईन्चको एचडी प्लस डिस्प्लेको साथै १५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएचको ब्याट्री समावेस गरिएको छ।

त्यसैगरी उक्त ग्यालेक्सी एम १३ मा २ एमपी डेप्थ सेन्सर भएकोे ५०एमपीको प्राइमरी क्यामरा र सेल्फीको लागि ५एमपीको फ्रन्ट क्यामरा रहेको उल्लेख गरिएको छ। साथै टाईप–सी चार्जिङ कनेक्टर सपोर्ट गरी साईड-माउण्टेड फिङ्गरप्रिन्ट स्क्यानर पनि ग्यालेक्सी एम १३ मा उपलब्ध भएको जानकारी गीज्मोचाईनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार