विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका सामग्री प्रदर्शन

  • Technology Khabar | २ पुष २०७९, शनिबार
विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका सामग्री प्रदर्शन

काठमाडौं ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा विद्यार्थीबाट निर्माण गरिएका शैक्षिक सामग्री प्रदर्शन गरिएको छ ।

प्याव्सन कपिलवस्तुले आयोजना गरिएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री प्रदर्शन गरिएको हो । कार्यक्रममा हस्तलेखन र महिला हिंसाको विषयमा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ।

प्रदर्शनीको अवलोकन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले कपिलवस्तुको विद्यार्थी देशकै उत्कृष्ट रहेको प्रमाणित भएको बताए। विद्यार्थीले निर्माण गरेका सामग्रीले सिपयुक्त जनशक्ति उत्पादन भएको दाबी गरे।

प्रदर्शनीको अवलोकन गर्दै प्याव्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले कपिलवस्तुका विद्यार्थीको प्रतिभा देखाउने अवसर प्रदान गरेको बताउनुभयो। जिल्लाभरीबाट छानिएका विद्यालयले उत्कृष्ट काम गरेको बताउँदै कपिलवस्तु शिक्षाको हबको रूपमा विकास हुँदैआएको बताए।गोरखापत्रबाट

प्रकाशित: २ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...