चर्को व्याजदरको विरुद्धमा वीरेन्द्र नगरको मंगलगढी चोकमा पनि विरोध प्रदर्शन

  • Technology Khabar | १ पुष २०७९, शुक्रबार
चर्को व्याजदरको विरुद्धमा वीरेन्द्र नगरको मंगलगढी चोकमा पनि विरोध प्रदर्शन

काठमाडौं ।

नाडाको कर्णाली प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालले पनि वीरेन्द्र नगरको मंगलगढी चौकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको थियो।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत त्यस एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।

सुर्खेतमा चर्को व्याजदरको विरोधमा अटोमोवाइल्स व्यवसायीहरुले शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि नेपालका वित्तिय निकायहरुको कायम राखेको चर्को व्याज दरको कारण अटोमोवाइल व्यवसायमा अनुकुल वातावरण बन्न नसकेको सो एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले धारणा थियो ।

अटोमोवाइल लगायत समग्र उद्योग व्यावसाय नै गम्भिर रुपले प्रभावित भएको कारण व्यवसायीले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएकोले हालको व्याज तथा प्रिमियम दरलाई तत्काल नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नुपर्ने, जस्ता माग राख्दै धर्ना कार्यक्रम सम्पन्न गरेको थियो।

प्रकाशित: १ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार