काठमाडौं ।
मोटोरोलाले आज मोटो एक्स ४० मोडलको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। हुनत उक्त फोनको बारेमा विभिन्न सर्टिफिकेसन वेबसाइटहरु माफर्त स्पेक्स र फिचरहरुको विवरण लीक भईसकेको पनि छ। मोटोरोला कम्पनीले मोटो एक्स ४० सार्वजनिक गर्नुअघि उक्त फोनको डिजाईन आधिकारिकरुपमा अनावरण गरेको छ।
कम्पनीले विवो मार्फत मोटो एक्स ४० को आधिकारीक तस्विर सार्वजनिक गरेको हो। यसअघिका लीक भएका विवरण अनुसारनै फोनमा सर्कुलर फ्ल्यास मोड्युल सहितको ट्रिपल क्यामरा यूनिट रहेको छ। साथै फोनको एजहरु र डिस्प्ले कर्भ्ड रहेको उल्लेख गरिएको छ। यसैगरी उक्त स्मार्टफोन निलो र कालो गरेर दुई भिन्न रङ्गमा उपलब्ध हुने छ।
मोटो एक्स ४० स्मार्टफोनमा १६५ हर्जको रिफ्रेस रेटको भएको डिस्प्ले, आईपी ६८ वाटरपूफिङ, एमवाईयूआई ५.० आधाारित एन्ड्रोईड १३ र ब्याक प्यानलमा प्यान्टोनले स्वीक्रीत गरेको रङ्ग जस्ता विशेष स्पेक्सहरु समावेस गरिएको बताईएको छ।
मोटोरोलाले उक्त मोटो एक्स ४० स्मार्टफोन चिनियाँ समय अनुसार आज बेलुकी ७ः३० मा हुने बताएको छ।
मोटो एक्स ४० को स्पेक्सहरु
फोनमा एफएच्डी प्लस रिजोलुसन सहितको १६५ हर्जको रिफ्रेस रेटको भएको ६.६७ ईन्चको एचडीआर १० प्लस ओलेड डिस्प्ले रहेको छ। त्यसै गरी फोनको तौल १९६ ग्राम र समग्र डाइमेन्सन १६१.३ एमएमx७३.९ एमएमx८.५एमएम रहेको उल्लेख गरिएको छ।
फोनमा एलपीडीडीआर५एक्स र्याम र यूएफएस ४.० स्टोरेजको साथै स्न्यापड्रागन ८ जेन २ सीपीयू समावेस गरिएको छ। फोनले माईयूआई ५.० कस्टम स्कीनको साथै एन्ड्रोइड १३ सपोर्ट गर्ने बताईएको छ। एनएफसी, डुअल ब्याण्ड फाईभजी, ब्लुटुथ ५.३, यूएसबी टाईप सी, टुईन स्पीकर्स र आईपी६८ ग्रेड वाटर एण्ड डस्ट प्रोटेक्सनहरु फोनको थप फिचरहरु रहेका छन्।
थ्रीसी र टेनाको सर्टिफिकेसन साइटहरुमा उल्लेख भएअनुसार उक्त स्मार्टफोनमा १२५ वाट र ६८ वाटको क्विक चार्जिङ सपोर्ट गर्ने क्रमशः ४,६०० एमएएच र ५,००० एमएएचको ब्याट्री प्याक रहेको छ।
फोनको क्यामरा सेटअपमा ५० मेगापिक्सेलको प्राईमरी सेन्सर र ५० मेगापिक्सलकै अल्ट्रा वाईड लेन्स र १२ मेगापिक्सलको २ एक्ससहितको टेलिफोटो लेन्स समावेस गरिएको बताईएको छ।
प्रकाशित: २९ मंसिर २०७९, बिहीबार