भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसले कर्मचारीहरूलाई न्यून भुक्तान गर्ने

  • Technology Khabar | २९ मंसिर २०७९, बिहीबार

काठमाडौं ।

भारतको दोस्रो ठूलो सफ्टवेयर कम्पनी इन्फोसिसका कर्मचारीहरूलाई सेप्टेम्बर त्रैमासिकको भेरिएबल पेको ६५ प्रतिशत भुक्तानी गरिने भएको छ। यो अघिल्लो त्रैमासिकको तुलनामा कम भएको बताईएको छ। परिवर्तनशील तलब कम्पनी र कर्मचारीको कार्यसम्पादनसँग जोडिएको हुन्छ। यो सामान्यतया कर्मचारी को तलब प्याकेजमा समावेश हुने गरेको छ।

इन्फोसिसले कर्मचारीहरूलाई पठाएको इमेलमा जुलाई-सेप्टेम्बर अवधिको औसत परिवर्तनीय तलब ६५ प्रतिशत रहेको बताएको छ। यद्यपि, प्रत्येक कर्मचारीको लागि यो भुक्तानी उसको कार्यसम्पादनमा निर्भर हुने भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७० प्रतिशत परिवर्तनीय तलब घटाएको थियो। मार्जिनमा गिरावटको कारण जुन त्रैमासिकमा परिवर्तनीय तलब कटौती गरिएको थियो। यद्यपि, प्रतिस्पर्धी टाटा कन्सल्टेन्सी सर्भिसेजले पहिलो त्रैमासिकको भेरिएबल पे घटाएको छैन।

सुस्तता र अन्य केही कारणले आईटी कम्पनीहरूको राजस्व र मार्जिनलाई असर गरिरहेको छ। जसका कारण यस क्षेत्रका कतिपय कम्पनीका कर्मचारीको परिवर्तनीय तलब घटाइएको छ।

इन्फोसिसका ५४ देशमा २४७ कार्यालय छन्।

प्रकाशित: २९ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार