टिकटकको तेर्सोरुपमा हेर्न मिल्ने फूलस्क्रीन भिडियो परीक्षण शुरु

  • Technology Khabar | २९ मंसिर २०७९, बिहीबार
टिकटकको तेर्सोरुपमा हेर्न मिल्ने फूलस्क्रीन भिडियो परीक्षण शुरु

काठमाडौं ।

विश्वव्यापी रुपमा टिकटकको मासिक सक्रिय प्रयोगकर्ता एक बिलियन पुगेको गत वर्ष घोषणा गरेको थियो। बाईट डान्सको टिकटकलाई यूट्यूबसंग तुलना गरिएता पनि कम्पनीले नयाँ फिचरहरुको प्रयोगका साथै परीक्षणहरु आफ्नै ढङ्गले गरिरहेको हुन्छ।

टिकटकको पछिल्लो परीक्षणले अब विश्वभर छनोट गरिएका केहि प्रयोगकर्ताहरुलाई फोनमा हेरिने भिडियोहरुको लागि हरिजन्टल फूलस्क्रीन मोड उपलब्ध गराउनेछ।

यस परीक्षणको लागि छनोट भएका प्रयोगकर्ताहरुले आफ्नो फिड मार्फत स्क्वायर वा रेक्ट्र्याङ्गल भिडियोहरुमा बटन देख्नेछन्। त्यस बटनमा ट्याप गरेको खण्डमा भिडियो आफै तेर्सो भएर फोनको स्क्रीनभर फैलिने छ भनि टेकक्रन्चले उल्लेख गरेको छ।

छोटो भर्टिकल भिडियोहरुको लागि टिकटक चर्चित रहेको छ। यद्यपी प्रयोगकर्ताहरुले ल्याण्डस्केप मोडमा भिडियो खिच्दा शुरुवातमै टर्न योर फोन म्यासेज राख्नु पर्ने हुन्छ। तर कम्पनीले उक्त फिचर लन्च गरेको खण्डमा भने त्यसो गरि राख्नु नपर्ने भनेर उल्लेख गरेको छ।

यूट्यूब फरम्याट रुचाउने दर्शकहरुलाई लक्षित गरी उनीहरुको ध्यानआकर्षण गर्न टिकटकले यो प्रयास गरेको देखिन्छ।

यस वर्षको शुरुवातमा टिकटकले म्यासिमम् भिडियो लेन्थको समय बढेर तीन मिनेटबाट दश मिनेट पुर्यायको थियो।

प्रकाशित: २९ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...