मोबाइलमा गेम खेल्दै गर्दा भारतमा शाओमी फोन पड्कियो, एक किशोर गम्भीर घाईते

  • Technology Khabar | २८ मंसिर २०७९, बुधबार
मोबाइलमा गेम खेल्दै गर्दा भारतमा शाओमी फोन पड्कियो, एक किशोर गम्भीर घाईते

काठमाडौं ।

छिमेकी देश भारतको उत्तर प्रदेशको मथुरामा गेम खेल्ने क्रममा शाओमीको फोन विस्फोट भएको छ। मोबाइल फोन पड्किएर १३ वर्षीय बालक नराम्ररी जलेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

स्थानीय मिडियाको रिपोर्टअनुसार मोहम्मद जावेद नामको यो बच्चा शाओमीको स्मार्टफोनमा गेम खेलिरहेको थियो । गेम खेल्दै गर्दा अचानक उनको फोन ठूलो आवाजमा पड्कियो। विष्फोटको आवाज सुनेपछि बालकका बुबाले बच्चाको पेट र छातीमा घाउ भएको देखे। हाल बालकलाई अस्पताल लगिएको र उपचार भइरहेको छ।

यस विषयमा घाइते बालकका बुवाले बालकलाई अध्ययनको लागि फोन दिएको जानकारी दिएका छन्। उनले मोबाइल शाओमी कम्पनीको भएको बताए। दिनहुँजस्तै उनको बच्चा पनि मोबाइलमा गेम खेलिरहेको थियो । किशोर मोबाइलमा गेम खेलिरहेका बेला एक्कासी मोबाइल विस्फोट भएको जी न्यूजले रिपोर्ट गरेको छ। मोबाइल विष्फोट हुनुको कारण खुल्न नसकेको बताईएको छ।

फोनमा भएको विस्फोटपछि शाओमीको तर्फबाट कुनै बयान जारी गरिएको नगरिएको बताईएको छ।

यसअघि पनि धेरै केस
यसअघि पनि स्मार्टफोनको ब्याट्री विष्फोट भएको कयौं खबरहरु बाहिर आएका छन् । यसअघि पनि यूपीकै बरेली जिल्लाको फरीदपुरमा मोबाइल फोन विस्फोटका कारण ८ महिनाको नवजात शिशुको ज्यान गएको थियो।
फोनको ब्याट्रीमा विस्फोट हुँदा यो दुखद दुर्घटना भएको थियो।

यसबाहेक दिल्ली-एनसीआरको एउटा घटना पनि बाहिर आएको छ, जसमा रेडमी फोनमा आगो लागेर एक महिला नराम्ररी घाइते भएकी थिईन्।

प्रकाशित: २८ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...