
काठमाडौं ।
फक्सवागन र इटालीको एनेलले इटालीमा विद्युतीय सवारी साधन लागि ३ हजार हाई स्पीड चार्जिङ प्वाइन्टहरु निर्माण गर्न संयुक्त उद्यम (जेभी) गठन गरेको छ। प्रत्येकमा १०० मिलियन युरो लगानी गरिने फक्सवागनले मंगलबार बताएको रोयटर्सले उल्लेख गरेको छ।
चार्जिङ प्वाइन्टहरु २०२३ को अन्त्यसम्ममा ५०० स्थानमा सबै ईभी उत्पादकको कारहरु चार्ज गर्न सकिन्छ। यसको अधिकतम चार्जिङ क्षमता ३५० किलोवाटसम्मको हुनेछ।
२०२२ को अन्त्यसम्ममा कार निर्माता र यसका साझेदारहरूले युरोपमा योजनाको १८ हजार फास्ट चार्जिङ प्वाइन्टमध्ये ४ हजार ३०० इन्स्टल गर्नेछन्। यस्तै अमेरिकामा योजनाको १० हजार मध्ये ३ हजार ७०० र चीनमा योजनाको १७ हजार मध्ये ८ हजार चार्जिङ प्वाइन्ट इन्स्टल गरिनेछ।
कम्पनीले २०२५ सम्म ४५ हजार फास्ट चार्जिङ स्टेशन जडान गर्ने लक्ष्य राखेको छ। यो लक्ष्यको एक तिहाई हो।
फक्सवागनले युरोपमा बीपी र स्पेनको आईबेरडोलासँग साझेदारी सञ्चालन गर्नेछ। प्रतिद्वन्द्वी कार निर्माताहरु बीएमडब्ल्यू, मर्सिडिज बेन्ज, फोर्ड र हुन्डाई फास्ट चार्जिङ भेन्चर लोनिटी सेयर होल्डर हुन्।
युरोपियन अटोमोबाइल निर्माता संघका लागि म्याकिन्सेले गरेको अध्ययन अनुसार २०३० सम्म ३.४ मिलियन चार्जिङ प्वाइन्ट आवश्यक पर्छ। २०२१ को अन्त्यसम्म युरोपमा ३ लाख ७५ हजार भन्दा बढी चार्जिङ प्वाइन्ट रहेको अनुमान गरिएको छ।
प्रकाशित: २८ मंसिर २०७९, बुधबार