पाकिस्तानी ओटीटी प्लेटफर्म भिड्ली टिभी भारतमा प्रतिबन्ध

  • Technology Khabar | २८ मंसिर २०७९, बुधबार
पाकिस्तानी ओटीटी प्लेटफर्म भिड्ली टिभी भारतमा प्रतिबन्ध

काठमाडौं ।

भारत सरकार भारत विरोधी गतिविधि निरुत्साहित पार्ने अभियानमा आक्रमक देखिएको छ। भारत विरोधी गतिविधि गरेको आरोपमा भारतको केन्द्रिय सूचना तथा प्रसारण मन्त्रालयले पाकिस्तानको ओटीटी प्लेटफर्म भिड्ली टिभी बन्द गरेको छ।

भारत सरकारले भिड्ली टिभीको वेबसाइट, दुई मोबाइल एप्लिकेसन, चार सोसल मिडिया एकाउन्ट र एक स्मार्ट टिभी एप ब्लक गर्ने निर्देशन दिएको इन्डियाटुडेले उल्लेख गरेको छ।

भारत सरकारले यो कारबाही ओटीटी प्लेटफर्ममा हाल रिलिज भएको ‘सेवकःद कन्फेसन्स’ वेब सिरिजको आधारमा गरेको हो। पाकिस्तानी वेब सिरिजले भारतको राष्ट्रिय सुरक्षा, अखण्डता र सम्प्रभुताका साथै विदेशी राज्यका साथ भारतको मैत्रीपूर्ण सम्बन्धका लागि खतरा भएको पाएको थियो।

सूचना प्रसारण मन्त्रालयका अनुसार यस वेब सिरिज पाकिसतानको सूचना तन्त्रद्वारा प्रयोजित थियो। यस सिरिजको पहिलो एपिसोड २६ नोभेम्बरमा मुम्बई २६/११ को आतंकवादी हमलाको वार्षिकीमा जारी गरिएको भारतको भनाई छ। यो सिरिजको तीन एपिसोड रिलिज भइसकेको छ।

मन्त्रालयका अनुसार वेब सिरिजमा अपरेसन ब्लू स्टार र त्यसको परिणाम, अयोध्धयामा बाबरी मस्जिटको विध्वंस, विवादास्पद ईसाई मिशनरी ग्राहम स्टेन्सको हत्या, मालेगाँव विस्फोट, समझौता एक्सप्रेस विस्फोट, सतजुल यमुन लिंक नहरसँग सम्बिन्धित अन्तर राज्यिय नदी जल विवाद लगायत सम्बेदनशिल घटनालाई तोड मोड गरेर देखाइएको छ। साथै सिरिजको एक सिनमा हिन्दू पुरोहित, अनुसूचित जाती तथा सिख विरोधी दंगाका देखाइएको छ। यो विषय धेरै विवादित छ।

प्रकाशित: २८ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार