
काठमाडौं ।
गुगल क्रोमले आफ्नो प्रयोगकर्ताका लागि नयाँ अपडेट पास की फिचर ल्याएको छ। यो फिचरको मद्दतबाट प्रयोगकर्ताले पासवर्ड नराखी कुनै पनि वेबसाइट तथा एप लगइन गर्न सक्नेछन्।
पास की फिचरको मद्दतबाट प्रयोगकर्ता गुगल क्रोम र एन्ड्रोइड डिभाइसमा पिनका साथै बायोमेट्रिक (फिन्गरप्रिन्ट वा फेस आईडी)बाट लगइन गर्न सक्नेछन्। यसको प्रयोग कुनै पनि वेबसाइट तथा एपमा गर्न सकिन्छ।
उदाहरणका लागि अब फेसबुक फेड आईडी वा फिन्गरप्रिन्टबाट लगइन गर्न सकिन्छ।
२०२२ को मेमा माइक्रोसफ्ट, एप्पल र गुगलले कमन पासवर्डलेस साइन इनको घोषणा गरेका थिए। तीन कम्पनीको सहयोगमा पास कीलाई वर्ल्ड वाइड वेब बन्सोर्टियम (डब्ल्यू३सी) तथा एफआईडीओ एलाइन्सले तयार गरेको हो। यस फिचरलाई अक्टोबरमा टस्टिङका लागि उपलब्ध गराइएको थियो भने अहिले यस फिचरलाई जारी गरिएको हो।
एन्ड्रोइड क्रोममा पास कीजलाई गुगल पासवर्ड म्यानेजरमा स्टोर गरिनेछ। यस पास कीलाई प्रयोगकर्ताले एन्ड्रोइड डिभाइसमा सिंक हुन्छ। सेभ गूगल एकाउन्ट लगइन गर्न सकिन्छ। नयाँ पास की फिचर क्रोम डस्कटपका साथै मोबाइलमा पनि काम गर्छ। यसका लागि पीसी विन्डोज ११ तथा मेकओएस अपडेग गर्नु पर्ने हुन्छ।
के हो पास की?
पास की एउटा यूनिक डिजिटल आइडेन्टिटी हो जुन तपाईको डिभाइसमा स्टोर हुन्छ। यो तपाईको डिभाइसमा यूएसबी सेक्यूरिटी जस्तै रहन्छ र जसको मद्दतबाट सजिलै लगइन वा एक्सेस गर्न सकिन्छ। पास की फिचरले पासवर्डलाई अधिक सुरक्षित र उपयोगमा सहजता प्रदान गर्छ। यसलाई पासवर्डको स्थानमा प्रयोग गर्नका लागि डिजाइन गरिएको हो। यसले बायोमेट्रिक भेरिफिकेसनका लागि टच आईडी वा फेस अईडीको उपयोग गर्छश्र
यस फिचरको मद्दतबाट प्रयोगकर्ता अन्य डिभाइसमा पनि वेबसाइत तथा एप सुरक्षित रुपमा साइन इन गर्न सक्छन्। अन्य डिभाइसमा लगइन गर्नका लागि तपाईले आफ्नो वास्तविक पासवर्ड राख्न आवश्यक छैन। टच आईडी वा फेस आईडीको प्रयोग गर्न सक्नु हुनेछ।
पासवर्डको यो नयाँ तरिका गुगल पासवर्ड म्यानेजरसँग सिंक हुन्छ। नयाँ डिभाइस प्रयोग गर्दा पासवर्डका लागि तनाब लिनु पर्दैन। यो पासवर्ड पुरानो डिभाइसबाट नयाँमा सजिलै ट्रान्सफर हुन्छ। आईफोनमा यो सुविधा पहिलैदेखि उपलब्ध छ।
प्रकाशित: २८ मंसिर २०७९, बुधबार