ओप्पोले डिसेम्बर १४ मा रोबोट कुकुर सार्वजनिक गर्ने

  • Technology Khabar | २८ मंसिर २०७९, बुधबार
ओप्पोले डिसेम्बर १४ मा रोबोट कुकुर सार्वजनिक गर्ने

काठमाडौं ।

ओप्पोले आफ्नो नवीनतम टेक रणनीति प्रस्तुत गर्न डिसेम्बर १४ मा ओप्पो इनओ डे २०२२ आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा ब्रान्डले ओप्पो क्यूरिक रोबोट कुकुर प्रस्तुत गर्नेछ।

यो ओप्पोको पहिलो क्वाड्रप्ड रोबोट उत्पादन भएको गिगचाइनाले उल्लेख गरेको छ।

कम्पनीको भिडियोमा रोबोट कुकुरले बालबालिकाहरुसँग अन्तक्र्रिया गरिरहेको देख्न सकिन्छ। ब्याकफ्लिप सपोर्ट गर्नुका साथै अगाडि क्यामरा छ।

ओप्पो क्यूरिक रोबोट कुकुरमा विशिष्ट लोड क्षमता छ। यसले कुरियल लिन र पार्सल उठाउन सक्छ। बालबालिकाहरुलाई मद्दत चाहिएको खण्डमा ओप्पो क्यूरिक रोबोट कुकुरले अभिभावकहरुसँग भिडियो कल गर्न सहयोग गर्छ। यो रोबोट कुकुरले बालबालिका र घरको सुरक्षा गर्न सक्छ।

यस वर्षको शुरुवातमा शाओमीले पनि यस्तै समान रोबोट कुकुर जारी गरेको थियो।

प्रकाशित: २८ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार