जापानको सप्लाई नेटवर्कमा एप्पलको सय बिलियन डलर लगानी

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार
जापानको सप्लाई नेटवर्कमा एप्पलको सय बिलियन डलर लगानी

काठमाडौं ।

पछिल्लो पाँच वर्षमा जापानी सप्लाई नेटवर्क अन्तर्गत एप्पलले १०० बिलियन अमेरिकी डलर भन्दा धेरै लगानी गरेको सीईओ टिम कुकले बताएका छन्। हालै, एप्पलका सीईओ टिम कुकले सेमीकन्डक्टर उद्योगको केन्द्रविन्दू मानिने दक्षिण जापान स्थित कुमामोटोको भ्रमण गरेका छन्।

कुमामोटो स्थित ताइवान सेमीकन्डक्टर म्यानुफ्कचरीङको (टीएसएमसी_ र अन्य थुप्रै अग्रणी टेक्नोलोजी फर्महरु रहेको र त्यस कारणले गर्दा कुमामोटोलाई सेमीकन्डक्टर कारखानाहरुको मुख्यालयको रुपमा चिनिन्छ।

बहुराष्ट्रियदेखि पारिवारीक सञ्चालीत व्यवसाय गरी करिब एक हजार कम्पनीहरुमा फैलिएको जापानी नेटवर्कको लागि एप्पलले २०१९ देखि जापानी आपूतिकर्ताहरुमा ३० प्रतिशत भन्दा बढिले आफ्नो लगानी बढाएको उल्लेख गरेको छ।

आईफोन प्रोडक्टहरुलाई क्यामरा सेन्सर उपलब्ध गराऊँदै आएको जापानका ठूला आपूतिकर्ताहरु मध्ये एक सोनी ग्रुप कोर्प, टेक्सटाइल फर्म इनुए रिबोन इन्डस्ट्री को. र मोल्ड निर्माता सिन्क्रोन गरी मध्यम र साना उद्यमहरु सबैलाई एप्पलले आफ्नो साझेदार बनाएको छ।

सोनी, मुराता म्यानुफ्याक्चरिङ को., केइवा इंक, फुजिकुरा र सुमितोमो ईलेक्ट्रिक ईन्डस्ट्रिज गरेर अन्य २९ जापानीज आपूतिकर्ताहरुले सन् २०३० स्म्ममा एप्पल सम्बन्धित व्यवसायहरुको लागि आफूहरु रिन्यूवेबल इनर्जीमा रुपान्तरित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...