
काठमाडौं ।
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो “Be (v) the Change” अभियान अन्तर्गत मङ्सिर २६ देखि पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि ५ दिने हुन्डाई इभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको छ।
यो अभियानले कोना र आयोनिक लाइन अपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास गरिएको छ।
कम्पनीकाअनुसार यो कार्यक्रम प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारीधनीहरूलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्धेश्यले आयोजना गरिएको हो।
त्यस्तै कार्यक्रममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व -जाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्नेछ। यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारी प्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँछ। यो कार्यक्रम थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापीरुपमा चल्ने बताईएको छ।
देशैभरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुमसहित हुन्डाईले विद्युतीय सवारी साधनमा सबैको पहुँच बढाउने प्रयास गर्दै आएको छ। साथै कम्पनीले विभिन्न वाणिज्य बैंकहरूसँग साझेदारी गरी
ग्राहकहरूलाई न्यूनतम समयमा सबैभन्दा सुलभ व्याजदरमा विद्युतीय सवारी खरिद गर्न सघाउँदै आएको जनाएको छ।
प्रकाशित: २७ मंसिर २०७९, मंगलवार