परीक्षण फ्रिक्वेन्सी पाएसँगै फाइभजी परीक्षण गर्न तयार भएको एनसेल सिईओ एन्डी चोङ्गको भनाई

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार
परीक्षण फ्रिक्वेन्सी पाएसँगै फाइभजी परीक्षण गर्न तयार भएको एनसेल सिईओ एन्डी चोङ्गको भनाई
एनसेल आजियाटाका सिईओ एन्डी चोङ्ग सूचना प्रविधि पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा।

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले आफू फाइभजी परीक्षणका लागि तयार भएको जनाएको छ।

निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलका सिईओ एन्डी चोङ्गले सूचना प्रविधि पत्रकारहरुसँग आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा आफूहरु फाइभजी सेवाको परीक्षण गर्न तयार भएको बताएका हुन्।

“फाइभजी अहिले सुलभ भएको छ, हामी परीक्षण फ्रिक्वेन्सी पाएसँगै परीक्षणका लागि तयार छौं,” चोङ्गले भने।

फाइभजी सेवा शुरु गर्नका लागि एनसेल प्राविधिक रुपमा सक्षम छ। सेवा सञ्चालनका लागि आवश्यक फ्रिक्वन्सीका लागि सरकारको निर्णय पर्खिरहेको एनसेलको भनाई छ।

हालसम्म सरकारले नेपाल टेलिकमलाई मात्र परीक्षणको अनुमति दिएको छ। तर टेलिकमले परीक्षण अनुमति पाएको लामो समयसम्म पनि ५जी परीक्षण शुरु गर्न सकेको छैन् । टेलिकमले अर्को महिनादेखि परीक्षण शुरु गर्ने जानकारी दिएको छ।

एनसेलले आफूलाईसमेत ५जी परीक्षण गर्नदिनका लागि माग गर्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमार्फत निवेदन दिएपनि हालसम्म त्यस बारेमा कुनै निर्णय हुनसकेको छैन्।

कम्पनीले यस अघिदेखिनै परीक्षण अनुमति पाएको अवस्थामा ५जी परीक्षण गर्न सक्ने गरी तयार रहेको बताउँदै आएको छ।

*एनसेलका सिईओ चोङ्गको कार्यक्रम सम्बद्ध तस्विर परिवर्तन गरिएको- सम्पादक

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार