माइक्रोसफ्टले लन्डन स्टक एक्सचेन्जको ४ प्रतिशत सेयर किन्यो

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार

काठमाडौं ।

माइक्रोसफ्टले लन्डन स्टक एक्सचेन्ज ग्रुपको ४ प्रतिशत सेयर खरिद गरेको छ। स्टक एक्सचेन्ज एक्सचेन्ज अपरेटको डाटा प्लेटफर्म क्लाउडमा सार्ने १० वर्षको सम्झौताको हिस्साको रुपमा माइक्रोसफ्टले ४ प्रतिशत सेयर खरिद गरेको हो।

सम्झौता अनुसार माइक्रोसफ्ट र स्टक एक्सचेन्जले स्टक एक्सचेन्ज क्लाउड सञ्चालनका लागि न्यूनतम २.८ बिलियन अमेरिकी डलर लगानी गर्ने दभर्जले उल्लेख गरेको छ।

योसँगै माइक्रोसफ्ट क्लाउडमा बोर्स अपरेटरको टेक्नोलोजी इन्फ्रास्ट्रक्चर र रिफिनिटिभ प्लेटफर्मको डिजिटल स्थानान्तरणमा परिणत हुनेछ।

एलएसईजीले आफ्नो लगानीकर्ताहरुलाई उक्त साझेदारीको कुल लागत आगामी ३ वर्षमा ३०० देखि ३५० मिलियन अमेरिकी डलर हुने बताएको छ। लगानीकै समयमा यसको नाफा मार्जिनमा पुग्ने विश्वास गरिएको छ।

‘प्रारम्भिक ध्यान एलएसईजी वर्कस्पेस र माइक्रोसफ्ट टिम, एक्सेल र पावरप्वाइन्ट र अन्य माइक्रोसफ्ट एप्लिकेसनहरु र एलएसईजीको वर्कस्पेसको नयाँ भर्सनको बीचमा अन्तरक्रियाशीलता प्रदान गर्नमा केन्द्रिन हुनेछ,’ माइक्रोसफ्टले भनेको छ।

एलएसईजीकाका प्रमुख कार्यकारी डेभिड स्विमरले भने, ‘यो रणनीतिक साझेदारी एलएसईजीको को अग्रणी विश्व वित्तीय बजार पूर्वाधार र डाटा व्यवसाय बन्ने यात्रामा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो र यसले हाम्रा ग्राहकहरूको अनुभवलाई परिवर्तन गर्नेछ।’

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार