अब ह्वाट्सएपको म्यासेज एक पटक हेरेपछि आफैँ डिलिट हुने

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार
अब ह्वाट्सएपको म्यासेज एक पटक हेरेपछि आफैँ डिलिट हुने

काठमाडौं ।

ह्वाट्सएपले नियमित रुपमा आफ्नो युजर इन्टरफेस र सुविधा लगातार बिस्तार गरिरहेको छ। भर्खरै कम्पनीले आफ्नो अवतार फिचर जारी गरेको थियो।

नयाँ रिपोर्टका अनुसार कम्पनीले सेक्युरिटी बढाउनका लागि भ्यू वान्स फिचर ल्याउने भएको छ। यस फिचरको उपयोग फोटो तथा भिडियोका लागि उपलब्ध हुनेछ। यसबाट प्रयोगकर्ताले एक पटक फोटो वा भिडियो हेर्न सक्छन्।

ह्वाट्सएप यस नयाँ फिचरको जानकारी डब्लुएबिटाइन्फोले दिएको हो। डब्लुएबिटाइन्फोका अनुसार गुगल प्ले स्टोरमा एन्ड्रोइड २.२२.२५.२० अपडेटका माध्यमबाट ह्वाट्सएप बिटा रिलिज गरिनेछ। यसबाट ह्वाट्सएपले छिट्टै यो फिचर रोलआउट गर्ने सम्भावनालाई संकेत गरेको इमिनिङ स्ट्यान्डर्डले उल्लेख गरेको छ।

ह्वाट्सएपको नयाँ फिचरको मद्दतबाट प्रयोगकर्ताले आफ्नो च्याटलाई अझै बढी सुरक्षित गर्न सक्छन्। यसबाट प्रयोगकर्ताको गोपनियता अझ बढी सुरक्षित हुने अपेक्षा गरिएको छ। यस फिचरको मद्दतबाट पठाइएको म्यासेज एक पटक हेरेपछि आफैँ डिलिट हुन्छ। यस्तो म्यासेजको स्क्रीनसट पनि लिन सकिँदैन।

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...