अमेरिकाले जीएम र एलजी ब्याट्रीको संयुक्त उद्यमलाई २.५ अर्ब डलर सस्तो ऋण दिने

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार
अमेरिकाले जीएम र एलजी ब्याट्रीको संयुक्त उद्यमलाई २.५ अर्ब डलर सस्तो ऋण दिने

काठमाडौं ।

अमेरिकी ऊर्जा विभागले तीन नयाँ लिथियम आयन ब्याट्री सेल निर्माण प्लान्टको भुक्तानीका लागि मद्दत गर्न जनरल मोटर्स र एलजी इनर्जी सोलुसनको संयुक्त उद्यम (जेभी)लाई २.५ अर्ब अमेरिकी डलर न्यून लागत ऋणलाई अन्तिम रुप दिइएको सोमबार बताएको छ।

गत जुलाईमा अमेरिकी सरकारले अल्टियम सेल एसएलसीलाई योजनाबद्ध ऋण दिने तयारी गरेको रोयटर्सले उल्लेख गरेको छ।

ऋणले ओहायो, टेनेसी र मिशिगनमा नयाँ लिथियम–आयन उत्पादन प्लान्ट निर्माणमा फाइनान्स गर्न मद्दत गर्नेछ। तीनवटा प्लान्टहरूले ६ हजार निर्माण रोजगारी र ५ हजार १०० सञ्चालन रोजगारी सिर्जना गर्नेछ।

अल्टियम ऋणका लागि अमेरिकी ऊर्जा सविव जेनिफर ग्रानहोमले सोमबार मिशिगन भ्रमण गर्नेछन्।

जीएम र एलजी इनर्जीले चौथो अमेरिकी ब्याट्री प्लान्टका लागि इन्डियाना साइटमा विचार गर्दैछन्। सन् २०२४ देखि सञ्चालनमा आउने मिशिगनमा प्लान्टमा जेभीले २.६ बिलियन अमेरिकी डलर लगानी गर्दैछन्।

अल्टियमले यसको २.३ बिलियन अमेरिकी डलरको टेनेसी प्लान्टमा अर्को २७५ मिलियन अमेरिकी डलर लगानी बढाउने बताएको छ।

राष्ट्रपति जो बाइडेनले सन् २०३० सम्ममा अमेरिकी अटो उत्पादनको ५० प्रतिशत विद्युतीय वा प्लग-इन विद्युतीय हाइब्रिड सवारी साधन हुने लक्ष्य राखेका छन्।

जीएमले २०२५ सम्म उत्तर अमेरिकामा १ मिलियन ईभी निर्माण गर्ने र २०३५ सम्ममा पेट्रोलबाट चल्ने गाडीहरु बिक्री बन्द गर्ने योजना बनाएको छ।

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार