एमआईयूआई १४ सार्वजनिक, शाओमी एन्ड्रोइड १३ को पुरा विवरण

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार
एमआईयूआई १४ सार्वजनिक, शाओमी एन्ड्रोइड १३ को पुरा विवरण

काठमाडौं ।

धेरै समयको पर्खाई पश्चात शाओमीले अन्ततः पछिल्लो कष्टम एन्ड्रोइड स्कीन एमआईयूआई १४ को साथै अन्य नयाँ फ्ल्यागसिप नम्बर सिरिजका स्मार्टफोनहरु अनावरण गरेको छ। यूजर इन्टरफेसको नयाँ सफ्टवेर एन्ड्रोइड १३ मा आधारित उक्त स्मार्टफोनमा प्रसस्त भिजुअल चेन्जेस, नयाँ फिचरहरुको साथै सुधारिएको क्रस–डिभाईस कोल्याबोरेसन छ। त्यसैगरी एमआईयूआई १४ को फर्मवेयर एमआईयूआई १३ को दाँजोमा घटाईएको र राम्रो पर्फमेन्सको साथै इफिसेन्सीको लागि इन्ह्यान्स्ड सिस्टम आर्किटेक्चर उक्त स्मार्टफोनमा उपलब्ध भएको उल्लेख गरिएको छ।

डिजाइनः

एमआईयूआई १४ निक्कै आर्कषक देखिन्छ। कम्पनीले आईकोन र यूआई पूर्ण रुपमा परिर्वतन गरेको छ। अहिलेको आईकोनहरु ठूलो रहेको र तिनको साईज सानो–ठूलो गरेर मिलाउन सकिने बताइएको छ।

नयाँ विजेट फरम्याट र होम स्क्रीन फोल्डरको साथमा प्रयोगकर्ताहरुलाई थप कष्टमाईजेसनको अप्सन प्राप्त हुने बताइएको छ। आईओएसको पिक्सल पाल्स एप जस्तै एमआईयूआई १४ को सफ्टवेरले नयाँ पेट र प्लान्ट विजेटहरु ल्याएको उल्लेख गरिएको छ। एकपटक होम स्क्रीनमा पेट–प्लान्ट अर्नामेन्ट एड गरिसकेपछि प्रयोगकर्ताले अन्तरक्रिया वा खेल्न सकिन्छ।

पर्फमेन्सः

शाओमीले एमआईयूआई १४ को अनावरण गर्दा धेरै कुराहरु बताएको थियो। उत्पादकहरुले धेरै मेहनत गरी लाईट सफ्टवेर निर्माण गरेको र नयाँ एमआईयूआई १४मा एन्ड्रोइड कर्नेल मार्फत चल्ने फोटोन इन्जिन समावेस गरिएको छ। यसले थर्ड–पार्टि डेभ्लोपरहरुलाई थप स्मिुथ र अझ शक्तिशाली एप्लीकेसनहरु निर्माण गर्न सहज हुने उल्लेख गरिएको छ।

स्सिटमको मेमोरी फुटप्रिन्टलाई धेरै कम गरिएको र अब आठ ओटा एपहरु मात्र अनइन्सटल गर्न नमिल्ने थप उल्लेख गरिएको छ। त्यसैगरी स्सिटमको प्रवाह ६० प्रतिशतले सुधारिएको शाओमीले दाबी गरेको छ। स्सिटम उपहरुले मात्र नभएर थर्ड–पार्टि एपहरुले पनि सुधारिएको पर्फमेन्स र इफिसेन्सी प्रदान गर्ने शाओमील थप जानकारी दिएको छ।

नयाँ फिचरहरुः

एमआईयूआई १४ को सबैभन्दा ठूलो फिचरनै यसको फर्मवेयरको सानो साइज भएको शाओमीले बताएको छ। एमआईयूआई १४ को फर्मवेयरको पुरै साइज १३.०९ जीबी मात्र रहेको जुन एमआईयूआई को अघिल्लो संस्करणहरुको तुलनामा धेरै कम छ। साथै क्लिनिङ फिचर भएको नयाँ एप मार्फत लो फ्रिक्वेन्सी एप्लीकेसनहरु कम्प्रेस गरी डुप्लिकेट फाइलहरुको केवल एक प्रतिलिप सेभ गर्ने थप उल्लेख गरिएको छ।

सफ्टवेरमा नयाँ नोटिफिकेसन म्यानेजमेन्ट अप्सन पनि रहेको र प्रयोगकर्ताले अब केबल एक स्वाइपमा रेसिडेन्ट नोटिफिकेसन बन्द गर्न सकिन्छ। त्यसैगरी नयाँ इन्स्टल भएका एपहरुले नोटिफिकेसन अथोराइजेसनको आवश्कता पर्ने बताइएको छ। फोनमा गरिने सबै गतिविधि र यूजर डाटा क्लाउडमा स्टोर नहुने गरी फोनको प्राईभेसी पनि व्यापक सुधारिएको कम्पनीको दाबी छ।

एआई फिचरः

एमआईयूआई १४ मा नयाँ एआई फिचरहरु समावेस गरिएका छन्। यूआईले अब तस्बिरबाट सोझै अक्षेरहरु एक्सट्र्क्ट गर्न सक्नेछन्। साथै आठ ओटा भाषाहरु पनि सपोर्ट गर्ने र भिडियो कन्फ्रेन्सका लागि लाईभ क्यापसनिङ फिचर समावेस गरिएको छ। टेक्स्टलाई प्रेस र होल्ड गरेको खण्डमा ग्यालरी ईमेज तुरुन्तै पहिचान हुने
शाओमीले एमआई एआई भ्वाईस एस्सिटेन्ट तर्फ पनि उल्लेखनीय सुधार गरिएको छ। डकुमेन्ट स्क्यान र ट्रान्सलेट गर्नका साथै स्पाम कलहरु फिल्टर गर्न उक्त भ्वाईस एस्सिटेन्ट उपयोगि रहने उल्लेख गरिएको छ। जटिल दैनिकीहरु भ्वाइस कमाण्ड मार्फत सहजै गर्न सकिन्छ।

एमआईयूआई इन्टरकनेक्सनः

एमआईयूआई १४ ले प्रयोगकर्ताहरुलाई शाओमीका अन्य ईकोस्सिटमका प्रोडक्टहरुसंग निर्बाध रुपमा कनेक्ट हुन मद्दत गर्नेछ। एक अर्ब भन्दा बढी उपकरणहरु दुई प्रमुख इन्टरकनेक्सन सेन्टरद्वारा सपोर्ट भएको कम्पनीले बताएको छ। स्क्रीनमा आफ्नै स्पेस सहितको अपडेटेड–प्येर्ड–डिभाईस इन्टरफेस रहेको र चाहिहेको खण्डमा इनपुट स्विच गर्नका लागि एक देखि अर्कोमा सार्न मिल्ने बताइएको छ।

शाओमी म्याजिक सेन्टर प्ल्याटफर्मले गर्दा शाओमी इकोस्सिटम प्रोडक्टहरु म्यानेज गर्न सहज हुने भनिएको छ। त्यसैगरी परिमार्जित प्ल्याटफर्मले डिभाइसहरु बिच सुधारीएको इन्टरकनेक्सन स्पीड पनि प्रदान गर्ने बताइएको छ। नयाँ हाई स्पीड ईन्टरकनेक्सन बसले इेएरफोन कनेक्टिभिटी स्पीड ५० प्रतिशतले बढ्ने बताइएको छ। त्यसैगरी मोवाईल–टीभी कनेक्सन स्पीड १२ प्रतिशतले बढाएको र स्ट्रीमिङको दौरान पिक्चर ट्रान्समिसन ७७ प्रतिशतले बढाएको उल्लेख गरिएको छ।

फ्यामेली सर्भिसः

एमआईयूआईको पछिल्लो संस्करण फ्यामेली फ्रेन्डली रहेको बताइएको छ। विभिन्न फ्यामेली सर्भिसहरुका साथ उपलब्ध हुने एमआईयूआइ १४ मा आठ जना सम्मको मेम्बर भएको ग्रूप बनाउन मिल्ने र फ्यामेली ग्रूपमा फोटो एल्बम सेर गर्न मिल्ने बताइएको छ। त्यसैगरी ग्रूप मेम्बरहरुले आईटमहरु हेर्न र अपलोड गर्न सक्नेछन् भनि थप बताइएको छ।

फ्यामेली सर्भिसहरुको मार्फत हार्ट रेट, ब्लड अक्सीजन र स्लीप जस्ता हेल्थ डाटाहरु फ्यामेली मेम्बरमा सेर गर्न मिल्छ। विभिन्न प्यारेन्टियल कन्ट्रोल अप्सन मार्फत स्क्रीन टाईम लिमिट, एप यूजेस रेस्ट्रिक्सन र सेक्यूर एरिया सेट गर्न मिल्छ।

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार