
काठमाडौं ।
चीनको अटोमोबाइल निर्माता फोर्थिङ एकेए डोङफङ फेङशिङ (डोङफङ मोटर ग्रुपको सहायक) ले ५ वर्ष भित्रमा इन्धनमा आधारित सवारीसाधन उत्पादन नगर्ने योजना बनाएको छ।
नयाँ ऊर्जा रणनीति सम्मेलनमा कम्पनीले आधिकारिक रुपमा आफ्नो योजना घोषणा गरेको कारन्यूजचाइनाले उल्लेख गरेको छ। कम्पनीले आगामी आधा दशकमा पूर्णरुपमा नयाँ ऊर्जाबाट सञ्चालन हुने सवारीसाधन उत्पादन गर्ने योजना बनाएको हो।
यस अघि अर्को चीनको कम्पनी बीवाईडीले यस वर्षको शुरुमा एक सम्मेलनको क्रममा इन्धनबाट सञ्चालन हुने सवारीसाधन उत्पादन नगर्ने घोषणा गरेको थियो।
फोर्थिग एकेए डोङफङ फेङशिङको यो घोषणा आउनु अघिसम्म बीवाईडी मात्र प्रमुख अटोमोबाइल ब्रान्ड थियो जसले इन्धन सवारी साधनको उत्पादन पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेको थियो।
बीवाईडीले बिक्रीको हिसाबले विश्वको शीर्ष नयाँ ऊर्जा सवारी निर्माता बन्ने उपलब्धि हासिल गरेसँगै यस्तो घोषणा गरेको हो।
फोर्थिग एकेए डोङफङ फेङशिङको इन्धन सवारी साधन उत्पादन बन्द गर्ने निर्णय महत्वपूर्ण छ। कम्पनीले सन् २०२५ मा १० नयाँ ईभी मोडल बजारमा ल्याउने बताएको छ। जसमा एसयूभी, एमभीपीलगायत छन्।
प्रकाशित: २७ मंसिर २०७९, मंगलवार