
काठमाडौं ।
सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दराज १२१.२” योजनामा विशेष छुट दिने सहकार्य भएको छ।
योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. १,०००/– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२% वा अधिकतम् रु १,२१२/– सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बताईएको छ।
छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरीद गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने उल्लेख छ।
यो योजना मंसिर २६ देखि पौष ३ गतेसम्म लागू हुने बैंकले जनाएको छ।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार