
काठमाडौं ।
सामसङको ग्यालेक्सी ए सिरिज मिड रेन्ज स्मार्टफोन वर्गमा विश्वमा धरै बिक्री हुने स्मार्टफोनहरुमध्ये एक हो। सामसङको ग्यालेक्सी ए५२ र ग्यालेक्सी ए५३ ले मिड रेन्ज स्मार्टफोनको बजारमा राम्रै स्थान ओग्टन सफल छ। सामसङको ग्यालेक्सी ए५४ को उत्तराधिकारीको रुपमा सामसङले अब एक्सनोस १३८० एसओसी सहितको ग्यालेक्सी ए५४ फाईभ जी ल्याउने तयारीमा छ। तर उक्त फोन आधिकारीक रुपमा सार्वजनिक हुनु अघि नै त्यसका केहि फिचरहरु गीकबेन्च मार्फत बाहिरिएको छ।
एसएम–ए५४६बी मोडल नम्बर भएको ग्यालेक्सी ए५४ फाईभ स्मार्टफोन गीकबेन्चमा देखा परेको छ। उक्त फोनमा कोडनेम एस५ई८८३५ सहितको ४प्लस४ कन्फिगरेसनको ओक्टा–कोर प्रोसेसर रहेको बेन्चमार्क लिस्टिङले खुलासा गरेको हो।
कुल आठ ओटा मध्ये चार ओटा २.४० गीगाहर्जको कोरहरु पर्फमेन्स कोर र बाँकी चार ओटा २.० गीगाहर्जको कोरहरु इफिसेन्सी कोर छ। उक्त फोनमा माली जी६८जीपीयू पनि रहेको लिस्टिङले खुलासा गरेको छ। त्यसैगरी सामसङ ग्यालेक्सी ए५४ फाईभ जी स्मार्टफोनमा प्रोसेसरको रुपमा एक्सनोज १३८० रहेको उल्लेख गरिएको छ।
सामसङ ग्यालेक्सी ए५४ फाईभ जी स्मार्टफोनमा ६ जीबी र ८ जीबी र्याममा उपलब्ध हुनेछ। उक्त मिड रेन्जको ग्यालेक्सी ए५४ फाईभ जी स्मार्टफोनले वान यूआई एन्ड्रोइड १३ सपोर्ट गर्छ।
बेन्चमार्कको नतिजा अनुसार ग्यालेक्सी ए५४ फाईभ जी स्मार्टफोनले गीकबेन्च सिङ्गल कोर टेस्टमा ७७६ अकं प्राप्त गरेको थियो भने मल्टि कोर टेस्टमा २५९९ अकं प्राप्त गरेको उल्लेख गरिएको छ। त्यसैगरी ग्यालेक्सी ए५४ फाईभ जी स्मार्टफोनमा ५० मेगापिक्सेलको प्राईमेरी क्यामरा र २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ५१०० एमएएचको ब्याट्री रहेको गिज्मोचाईनाले उल्लेख गरेको छ।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार