शाओमी १३ प्रोले आधिकारिक रुपमा आईपी रेटिङ पायो

  • Technology Khabar | २४ मंसिर २०७९, शनिबार
शाओमी १३ प्रोले आधिकारिक रुपमा आईपी रेटिङ पायो

काठमाडौं ।

शाओमी १३ प्रो डिसेम्बर ११ आइतबार सार्वजनिक हुँदैछ। शाओमी १३ प्रोमा फ्यान्सी ग्रिन कलर र नयाँ क्यामरा डिजाइन हुनेछ।

यो फोनले महत्वपूर्ण रुपमा आधिकारिक आईपी रेटिङ प्राप्त गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

कम्पनीले विवोमा पोस्ट गरेको फेन्सी भिडियोमा फोनलाई धूलो र पानी प्रतिरोधी विरुद्ध सर्टिफाइड हुने खुलासा गरेको छ।

फोनको क्यामराले सबै वातावरणमा तस्बिरहरु खिच्न सक्षम हुनेछ। तारायुक्त रातको तस्बिरहरु खिच्ने मोड पनि छ। यो सुविधा शाओमी १२ प्रोमा थिएन।

आईपी रेटिङ आईईसी अन्तर्राष्ट्रिय इलेक्ट्रोटेक्निकल आयोगद्वारा प्रमाणित हुन आवश्यक छ। यस्तो नभएको खण्डमा उत्पादकले कानूनी रुपमा आईपी रेटिङ भएको भनेर विज्ञापन गर्न पाउँदैन।

बजेटमैत्री शाओमी फोनसँग आधिकारिक आईपी५३ रेटिङ छ। फोन हल्का धुलो र पानीको छिट्टाबाट सुरक्षित छ।

प्रकाशित: २४ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...