मोटो जी प्ले २०२३ अमेरिकामा सार्वजनिक

Technology Khabar २४ मंसिर २०७९, शनिबार

काठमाडौं ।

मोटोरोलाले मोटा जी प्ले २०२१ को उत्तराधिकारीको रुपमा मोटा जी प्ले (२०२३) लाई हालै मात्र अमेरिकी बजारमा सार्वजनिक गरेको छ।

गत वर्ष मोटोरोलाले मोटा जी प्ले २०२१ अमेरिकी बजारमा सार्वजनिक गरेको थियो। त्यतिखेर उक्त फोनलाई इन्ट्री लेवलको स्पिेक्स साथै स्न्यापड्रागन ४६० एसओसी समावेशगरी बजेट फोरजी स्मार्टफोनको रुपमा डेब्यू गराइएको थियो।

नयाँ स्मार्टफोनको एजहरु र पछाडिको भाग कर्भ डिजाइमा छ। फोनमा ७२०:१६०० पिक्सेलको रिजोलुसन प्रदान गर्ने ६.५ इन्चको आईपीएस टीएफटी एचडी डिस्प्ले र ९० हर्जको रिफ्रेस रेट रहेको उल्लेख गरिएको छ।

फोनमा एलसीडी फ्ल्यास सहितको १६ मेगापिक्सलको मेन सेन्सर र २ मेगापिक्सलको म्याक्रो सेन्सर र डेफ्थ सेन्सरको ट्रिपल क्यामेरा सेटअप छ। त्यसैगरी सेल्फीको लागि ५ मेगापिक्सलको फ्रन्ट क्यामरा फोनमा रहेको बताइएको छ।

साथै एआई समावेस भएको अटो स्माईल क्याप्चर, स्मार्ट कम्पोजिसन र डुअल क्याप्चर जस्ता फिचरहरु स्मार्टफोनको क्यामरामा छ।

मोटो जी प्ले २०२३ मा मिडिया टेक हेलियो जी३७ को चिपसेट र ३ जीबीको र्याम छ। साथै फोनमा ३२ जीबीको स्टोरेज क्यापसिटी भएको र माईक्रो एसडी स्लट मर्फत स्टोरेज क्षमता बढाउन मिल्ने भनी उल्लेख गरिएको छ।

एन्ड्रोइड १२ सपोर्ट गर्ने उक्त फोनमा १० वाटको चार्जिङ सर्पोट गर्ने ५००० एमएएचको ब्याट्री छ। ३.५ एमएमको हेडफोन ज्याकको साथै फोनको पछाडिको भागमा फिङ्गरप्रिन्ट स्क्यानर माउन्ट गरिएको उल्लेख गरिएको छ।

यो फोनको आईपी ५२ वाटर रेपेलेन्ट कन्सट्रक्सन थप आकर्षक फिचरको रुपमा रहेको बताइएको छ। २०२३ को जनवरी १२ मा अमेरिका र क्यानडामा डेब्यू गरिने उक्त मोटो जी प्ले २०२३ फोनको मूल्य १६९.९९ अमेरिकी डलर पर्ने बताइएको छ।

प्रकाशित: २४ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया