गुगल पिक्सल फोल्डमा ७.६९ इन्च डिस्प्ले हुने

  • Technology Khabar | २४ मंसिर २०७९, शनिबार
गुगल पिक्सल फोल्डमा ७.६९ इन्च डिस्प्ले हुने

काठमाडौं ।

गुगल पिक्सल फोल्ड आधिकारिक रुपमा सार्वजनिक हुनु अघि डिजाइन रेन्डरको रुपमा अनलाइनमा देखिएको छ।

गुगलको पहिलो फोल्ड गर्न मिल्ने फोन स्मार्टफोन पारखीहरु बीच चर्चामा रहेको छ। यस्तोमा विभिन्न समयमा पिक्सल फोल्डको विभिन्न जानकारीहरु लिक भइरहेको छ। पिक्सल फोल्डको डिस्प्ले स्पेसिफिकेसन यस वर्षको शुरुमा अनलाइनमा देखा परेको थियो।

गुगलले सन् २०२३ मा पिक्सल फोल्ड सार्वजनिक गर्ने योजना बनाएको गिगचाइनाले उल्लेख गरेको छ।

अहिले फेरि आधिकारिक देखिने गुगल पिक्सल फोल्ड डिजाइन रेन्डरहरु इन्टरनेटमा पप अप भएका छन्।

पिक्सल फोल्डको फाइभ के रेन्डहरु हाउटुलसल्भद्वारा टिप्सटर अनलिकसँगको सहकार्यमा सेयर गरिएको छ।

गुगलको पहिलो फोल्डेबल फोनले सामसङ ग्यालेक्सी जेड फोल्ड ४ सँग प्रतिस्पार्धा गर्ने अपेक्षा गरिएको छ।

लीकर जोन प्रोसरले हालसालै हामीलाई लीक रेन्डरहरू मार्फत पिक्सेल फोल्डको डिजाइनमा झलक देखाए।

अनलिकले आफ्नो भर्खरको लिकमा बहुप्रतिक्षित फोल्डेबल डिभाइसको सम्बन्धमा धेरै प्रकाश पारेको छ।

लिकरले पिक्सल फोल्डको डिस्प्ले साइज र डाइमेन्सन सम्बन्धि विवरण सेयर गरेको छ।

अनलिकका अनुसार फोल्डको भित्री डिस्प्ले ७.६९ इन्चको हुनेछ। भित्री डिस्प्लेको तल र माथि बेलेज हुने दाबी गरे।

दुईवटा सेल्फी क्यामरामध्ये एउटा टप बेजेलको दायाँ छेउमा हुनेछ। कभर डिस्प्लेको होल-पञ्च कटआउटले अर्को सेल्फी क्यामरा हुनेछ।

 

प्रकाशित: २४ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...