Technology Khabar २४ मंसिर २०७९, शनिबार
काठमाडौं ।
हालै ईन्डिगोगो क्याम्पिङ मार्फत स्प्लाच टाइटन ई–स्कूटर सार्वजनिक गरिएको छ। २,६०० वाटको पावर डेलिभरी गर्ने स्प्लाच टाइटन ई-स्कूटरमा डुअल ईलेक्ट्रिक मोटर सेटअप छ।
गत नोभेम्बरमा आयोजना भएको उक्त क्राउडफन्डिङ क्याम्पिङमा टाइटनले टर्बो र ट्रान्सफर्मर जस्ता स्प्लाचको अन्य उत्पादनहरुमा पनि सामेल भएको उल्लेख गरिएको छ।
ई-स्कूटर वर्ल्डको एसयूभी भनिएको उक्त स्प्लाच टाइटनको नयाँ स्ट्यान्ड–अप किक स्कूटर पावर र पर्फमेन्सको प्याक छ। ब्यालेन्स, कम्फर्ट र कच्ची सडकमा पनि स्पिड प्रदान गर्न योग्य भएको कारणले गर्दा स्प्लाच टाइटनको स्कूटरलाई एसयूभीसंग तुलना गरिएको हो। टाइटन ई–स्कूटरमा १००० वाटको ईलेक्ट्रिक मोटर रहेको र त्यसले २,६०० वाटको पावर उत्पादन गर्ने भएकोले प्रति घण्टा ५८ किलोमिटरको गतिमा चल्न सक्ने क्षमता राख्ने उल्लेख गरिएको छ। त्यस्तै उक्त ई–स्कूटरले ३.९ सेकेण्डमा ० देखि ४८ किलोमिटर प्रति घण्टाको रफ्तार पक्डन सक्ने क्षमता राख्छ।
टाइटनको ह्याण्डलबारमा भएको एलसीडी मार्फत ई–स्कूटरको १२ ओट स्पिड मोड र तीन ओटा गिएर मोड सेलेक्ट गर्न मिल्छ।
मल्टिपल स्पिड र गिएर मोडले गर्दा साघुंरो अनि भिडभाड क्षेत्रमा पनि ट्र्याकबिलिटी प्रदान गर्छ। त्यसैगरी टाइटनमा २०.८ एएचको ब्याट्री समावेस गरिएको र उक्त ब्याट«ीले एकपटको फुल चार्जमा ७१ किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ। उक्त ई–स्कूटरमा एभियसन ग्रेड एल्युमिनियम, फ्रनट र रिएर डिक्स ब्रेकको साथै ई–एबीएस समावेस गरिएको छ। ह्याण्डलबारमा रहेको बटनको सहायताले ई–एबीएस चालु गर्न सकिन्छ। उक्त ई–स्कूटरको तौल २९ केजी रहेको र १०० केजी सम्मको तौल भार थेग्न सक्ने इनग्याजेडले उल्लेख गरेको छ।
स्कूटरमा फुल स्पेन्सन स्सिटम र ९ इन्चको सबै खाले भूभागलाई अनुकूल टायर दिइएको छ। स्कूटरको ग्राउन्ड क्लियरेन्स राम्रो भएको र अफ्ठ्यारो भूभागमा पनि सहज तरिकाले चलाउन मिल्ने दाबी गरिएको छ। रात्री कालीन अवस्थाको लागि स्कूटरमा एलईडी बत्तीहरु जडान गरिएको छ।
उक्त स्कूटरले सपोर्ट गर्ने एप मार्फत कलर कष्टमाईज गर्न मिल्ने गरि स्कूटरको साईडमा पनि एलईडी बत्तीहरु जडान गरिएको छ। एरलक किलेस स्सिटम, स्मार्ट क्रुज कन्ट्रोल र एरट्याग होल्डर जस्ता विकल्पको साथमा टाइटन ई-स्कूटर उपलब्ध हुने बताइएको छ।
टाइटन ई–स्कूटरको मूलय ईन्डिगोगामा १ हजार १४९ अमेरिकी डलर तोकिएको छ।
प्रकाशित: २४ मंसिर २०७९, शनिबार