झोजियाङ उद्यमी महासंघको अध्यक्षबाट ज्याक माको राजीनामा

  • Technology Khabar | २३ मंसिर २०७९, शुक्रबार
झोजियाङ उद्यमी महासंघको अध्यक्षबाट ज्याक माको राजीनामा

काठमाडौं ।

झेजियाङ उद्यमी पत्रिकाको आधिकारिक सामाजिक सञ्जाल एकाउन्टका अनुसार झेजियाङ उद्यमीहरूको महासंघको दोस्रो बोर्ड बैठक डिसेम्बर ७ मा सम्पन्न भएको छ।

उक्त बोर्ड बैठकबाट अलिबाबाका संस्थापक ज्याक माले संस्थाको अध्यक्ष पदबाट राजीनामा दिए। यद्यपि उनले सल्लाहकारको रूपमा काम गरिरहने पानडेल्लीले उल्लेख गरेको छ।

चिनियाँ फोटोभोल्टिक्स कम्पनी चिन्ट ग्रुपका अध्यक्ष नान कुनहुई संस्थाको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्।

झेजियाङ प्रान्तका उद्यमीहरू मिलेर गैर-लाभकारी र संयुक्त सामाजिक संस्थाको रुपमा अक्टोबर २०१५ स्थापना गरेका थिए। अहिलेसम्म यसले विश्वभर लगभग ६०० निर्देशक र २२ समूह सदस्यहरू विकास गरिसकेको छ।

ज्याक मा सात वर्षदेखि संघको अध्यक्ष थिए। उनी अध्यक्ष हुँदा अलीबाबा एक वर्षको लागि मात्र एनवाईएसईमा सूचीबद्ध थियो।

 

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार