सडक बिस्तारमा अप्टिकल फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध

  • Technology Khabar | २२ मंसिर २०७९, बिहीबार
सडक बिस्तारमा अप्टिकल फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध
लैनचौरमा रहेको एनसेल आजियाटा लिमिटेडको कर्पोरेट भवन । फाइल तस्बिर

काठमाडौं ।

सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध भएको छ।

बिहीबार बिहानदेखि नै आफ्नो सेवा अवरुद्ध भएको एनसेल आजियाटा लिमिटेडले जानकारी दिएको छ।

एनसेलले सो अवरुद्ध सेवाका लागि सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ।

एनसेलले सूचनामार्फत सडक बिस्तारको क्रममा सेवा अवरुद्ध भएको भन्दै यसले सेवामा पर्न गएको असुविधाका लागि क्षमा मागेको छ।

‘कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको छ,’ एनसेलले भनेको छ।

यसका साथै अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध समेत गरेको छ।

‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं। हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्ध छौं,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।

प्रकाशित: २२ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...