
काठमाडौं ।
उबरले अमेरिकाको लस भेगासमा मोसनल आयोनीक्यू फाईभ अटोनोमस ईभी मार्फत सार्वजनिक रुपमा सर्वसाधारणहरुलाई रोबोट्याक्सीको सवारी सेवा प्रदान गरेको छ।
सर्वसाधारणहरुलाई २०२३ मा फुल ड्राईभरलेस सर्भिस प्रदान गर्ने उद्देश्यको साथ उबर र मोसनले संयुक्तरुपमा उक्त राईडको आयोजना गरिएको यूएस टुडेले उल्लेख गरेको छ।
अब लस एन्जलसमा बिस्तार गरिने भनिएको उक्त योजनाअनुसार कम्पनीले २०२२ को मे महिना देखि अटोनोमस उबर ईट्स डेलिभरीको परीक्षण गर्दै आएको बताइएको छ। अटोनोमस कार डेलिभरी योजनाको लागि उबर र मोसनलले दश वर्षको लागि सम्झौता गरेको बताईएको छ।
फुल ड्राईभरलेस सर्भिस प्रदान गर्ने उद्देश्यको हेतुले थालनी गरिएको अटोनोमस ट्याक्सी राईडलाई सेफ्टी ड्राईभर्सद्वारा निर्देशित गरिने बताइएको छ। उबर नेटवर्क मार्फत सार्वजनिक यात्रुहरुको लागि पूर्ण इलेक्ट्रिक अटोनोमस राईड प्रदान गर्ने पहिलो एभी कम्पनी मोसनलका उपाध्यक्ष अक्षय जयसिंहले बताए।
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार