नेपाल रेमिटको सिईओमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

  • Technology Khabar | २१ मंसिर २०७९, बुधबार
नेपाल रेमिटको सिईओमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

काठमाडौं ।

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन्।

कम्पनीकाअनुसार २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ। बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो।

खनाललाई एक समारोहका बिच नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का अध्यक्ष रितश मित्तलले स्वागत गरेका थिए। विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले डिजिटल रेमिट्यान्स्मा अझै जोड दिँदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ।

सिईओ खनालले भने, ‘ अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्नेछौँ। रेमिट्यान्स् समेत डिजिटल रुपमा भित्राइ मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो।’

कम्पनिमा अनुभवि कार्यकारी अधिकृत खनालको आगमन पछि कम्पनीका सेवा सुबिधाका साथै यस कम्पनीको लोकप्रियतालाई आम उपभोक्ता सम्म पुर्याइ आगामी दिनमा अझै उचाइमा पुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको छ।

नेपाल रेमिट इन्टरनेशनलले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार