इन्स्पायर इ-लर्निंग एकेडेमी र सनराइज बैंक बिच इ-लर्निंगमार्फत तालिम दिन सम्झौता

  • Technology Khabar | २१ मंसिर २०७९, बुधबार
इन्स्पायर इ-लर्निंग एकेडेमी र सनराइज बैंक बिच इ-लर्निंगमार्फत तालिम दिन सम्झौता

काठमाडौं ।

सनराइज बैंक र इन्सपायर ट्रेनिङ्ग एकेडेमी बिच सनराइज बैंकको कर्मचारीहरूलाई इ-लर्निंगको माध्यमबाट ट्रेनिङ्ग गराउने सम्झौता भएको छ।

इन्स्पायर एकेडेमीको वेब पोर्टलमा भएका २०० वटा कोर्षहरु मध्ये ८ वटा ट्रेनिंग कोर्षहरु सनराइज बैंकको इन्ट्रानेटमा इन्टिग्रेशन गरिएको छ।

अब सनराइज बैंकका कर्मचारीहरूले आफुलाई चाहिएको ट्रेनिंग आफ्नो उपयुक्त समयमा घर या अफिसमा बसेर नै गर्न सक्नेछन, यसका साथै सनराइज बैंक का देशभरिका शाखाका कर्मचारीहरूले यि ट्रेनिंगहरू गरी आफ्नो ब्यवसायिक क्षमताको विकास गर्न सक्ने बताएको छ।

इन्स्पायर ट्रेनिंग एकेडेमीले कर्पोरेट, होटेल, एनजिओ, आइएनजिओ, तथा अन्य क्षेत्रमा काम गर्ने र कलेज तहका विद्यार्थीहरूलाई लक्षित गरी विश्वस्तरीय ट्रेनिङ्ग इन्स्टीच्यूटहरुबाट सर्टीफाइड ट्रेनिङ्ग कोर्षहरू इ-लर्निंग र फिजिकलको माध्यमबाट उपलब्ध गराउँदै आइरहेको जानकारी दिएको छ।

कम्पनीको वेबसाईटमार्फत इनरोल गरी आफुलाई चाहिएको ट्रेनिङ्ग तुरन्त लिन सकिने विभिन्न कोर्समा कर्पोरेट प्याकेज अन्तर्गत कम्पनीमा काम गर्ने सबैलाई सेलेक्टेड ट्रेनिंग कोर्षहरु कम्पनी कै वेबसाइटमा इन्टिग्रेट गराइने र ट्रेनिङ्ग पश्चात सर्टिफिकेट पनि उपलब्ध गराइने जानकारी दिएको छ।

कम्पनीकाअनुसार देशभरी ब्रांच हुने र धेरै कर्मचारी भएका संस्थाहरूको लागी इ-लर्निंग एकदमै उपयोगी छ। सबै कर्मचारीहरूलाई एउटै किसिमको ट्रेनिङ्ग, अफिसको समय बाहेक पनि जुनसुकै बेला आफ्नो समय अनुकूल ट्रेनिङ्ग लिन सकिने एकेडेमीका अपरेसन डाइरेक्टर दिनेश कुँवरले बताए।

प्रकाशित: २१ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार