
काठमाडौं ।
चीनले बुधबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ परिक्षण भूउपग्रह अन्तरिक्षमा पठाएको छ।
भीएचएफ डाटा एक्सचेन्ज प्रणाली (भीडीईएस) परीक्षण स्याटेलाइट कोइझौउ-११ वाई २ क्यारियर रकेटद्वारा बेइजिङ समय बिहान ९:१५ बजे प्रक्षेपण गरिएको थियो र योजनाबद्ध कक्षमा प्रवेश गरेको शिन्ह्वाले जनाएको छ।
भूउपग्रह मुख्यतया भीडीईएस र स्वचालित पहिचान प्रणाली (एआईएस) को संचार परीक्षण र प्रमुख प्रविधि प्रमाणीकरणको लागी प्रयोग गरिनेछ।
प्रक्षेपण केन्द्रका अनुसार यो कोइझौउ-११ रकेटहरूको २३ औं उडान अभियान थियो।
प्रकाशित: २१ मंसिर २०७९, बुधबार