बीओईद्वारा ६०० हर्ज गेमिङ ल्यापटप डिस्प्ले प्रस्तुत

  • Technology Khabar | २१ मंसिर २०७९, बुधबार
बीओईद्वारा ६०० हर्ज गेमिङ ल्यापटप डिस्प्ले प्रस्तुत

काठमाडौं ।

बीओईले चीनको वर्ल्ड डिस्प्ले इन्ड्रस्टी कन्फ्रेन्समा विश्वको पहिलो ६०० हर्ज गेमिङ ल्यापटप प्रस्तुत गरेको छ। गिगचाइनाका अनुसार बीओईले डिस्प्लेमा प्रयोग गरिएको प्यानलको बारेमा उल्लेख गरेको छैन।

यसमा भीए, आईपीएस वा टीएन हुन सक्छ। रिजोल्युसनको बारेमा पनि कुनै जानकारी छैन। हालसम्म १६ इन्चको प्यान र यसले अधिकतम ६०० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ।

यस वर्षको शुरुमा एलियनवेयरले ४८० हर्जको प्यानलको गेमिङ ल्यापटप ल्याएको थियो। हाल बजारमा उपलब्ध अधिकांश टप एण्ड ल्यापटपले ३६० हर्ज सपोर्ट गर्छन्। तर यिनीहरु बीओईका निकतम प्रतिस्पर्धी हैनन्।

बीओई एनभिडिया र असुससँग प्रतिस्पर्धा गर्न चाहन्छ। यि दुई ब्रान्डले ५०० हर्ज क्षमताका ल्यापटप ल्याइसकेका छन्।

प्रकाशित: २१ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार