
काठमाडौं ।
चीनको एभरग्रान्डे न्यू इनर्जी भेहिकल ग्रुपले उत्पादन गरेको पाँच हप्तामै इलेक्ट्रिक हेङ्ची ५ को मास उत्पादन रोकेको छ।
दुई स्रोतका अनुसार एसयूभीको नयाँ अर्डरमा देखिएको कमीको कारणले कम्पनीले उत्पादन रोकेको हो। कम्पनीले यस अघि हेङ्चीले जुलाईमा ५ का लागि ३७ हजार भन्दा बढी प्रि–अर्डरहरू प्राप्त गरेको दाबी गरेको थियो।
कम्पनीले उत्पादन योजना कटौती गर्नुका साथै धेरै कर्मचारीहरूलाई अक्टोबर र नोभेम्बरको तलब भुक्तानी नगरिएको पनि रिपोर्ट गरिएको छ।
रोयटर्सका अनुसार एभरग्रान्डले आफ्नो मोटर वाहन कम्पनीका १० प्रतिशत कर्मचारी हटाउने तयारी गरिरहेको छ। एक देखि तीन महिनाको लागि आफ्नो कार्यबलको २५ प्रतिशतलाई तलब भुक्तानीमा ढिलाइन गर्नेछ।
एभरग्रान्डे कुनै समय चीनको सबैभन्दा ठूलो सम्पत्ति विकासकर्ता थियो तर अहिले ऋणमा फसेको छ।
अध्यक्ष हुइ का यानले कम्पनीले आफ्नो प्राथमिक व्यवसायलाई घर जग्गाबाट आफ्नो नयाँ मोटर वाहनमा हस्तान्तरण गर्ने र सन् २०२५ सम्ममा वार्षिक १० लाख विद्युतीय सवारी साधन उत्पादन गर्ने साहसी लक्ष्य रहेको बताए।
२०१९ को शुरुमा अध्यक्ष हुइ का यानले दाबी गरे एभरग्रान्डे ‘तीन देखि पाँच वर्ष भित्र संसारको सबैभन्दा ठूलो, र सबैभन्दा बलियो, इलेक्ट्रिक वाहन समूह बन्ने प्रयास गर्नेछ।’
हेङ्ची ५ कम्पनीले हालसम्म सार्वजनिक गरेको एक मात्र मोडल हो।
कम्पनीले डी सेगमेन्ट लक्जरी सेगमेन्ट, हेङ्ची २ (लक्जरी बी सेग्मेन्ट सेडान) हेङ्ची ३ (लक्जरी एसयूभी) र हेङ्ची ६ एसयूभी उच्पादन गर्ने योजना बनाएको छ।
प्रकाशित: २१ मंसिर २०७९, बुधबार