३०० डलर माथिका मोबाइल आयातमा लागेको प्रतिबन्ध हटाउने सरकारको निर्णय

  • Technology Khabar | २० मंसिर २०७९, मंगलवार
३०० डलर माथिका मोबाइल आयातमा लागेको प्रतिबन्ध हटाउने सरकारको निर्णय
सांकेतिक तस्विर

काठमाडौं ।

सरकारले मोबाइल फोन आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले मंसिर मसान्तपछि ३०० डलर माथिका मोबाइल फोनको आयात खुला गरेको हो।

आजको बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नु पर्ने विषय उठेको बताईएको छ।

मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले ती सामाग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध पुषदेखि लागुहुने गरी खुला गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय स्रोतलाई उदृत गर्दै बिजमाण्डूले लेखेको छ।

वाणिज्य मन्त्रालयको सिफारिसमा सरकारले ३०० डलर भन्दा माथिका स्मार्टफोनहरुको आयातमा गत १३ वैशाखदेखि प्रतिबन्ध लगाएको थियो। जसमा १० प्रकारका विलासी वस्तुमाथि प्रतिबन्ध घोषणा गरेको थियो।

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन नेपालका अध्यक्ष दिपक मलहोत्राले आयात खुला गरेको जानकारी पाएको बताए।

“मैले पनि सरकारले मोबाइल आयात पुष १ गतेदेखि खुला गरेको जानकारी पाएँ,” अध्यक्ष मलहोत्राले टेक्नोलोजीखबरसँग भने, “मोबाइल आयात यसअघि नै खुला गर्ने सरकारले हामीलाई भनेको थियो तर प्राविधिक कारणले खुल्न सकेको थिएन्।”

उनले आयात प्रतिबन्धले बजारमा छ्यापछ्याप्ती अवैध फोन उपलब्ध हुँदा व्यवसायीका साथै सरकारको राजस्वमा पनि असर परेको बताए।

प्रकाशित: २० मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार