बजारमा आउँदै एयरब्यागयुक्त हेलमेट

  • Technology Khabar | २० मंसिर २०७९, मंगलवार
बजारमा आउँदै एयरब्यागयुक्त हेलमेट

काठमाडौं ।

हेलमेट निर्माता ऐरोहले संसारको पहिलो एयरब्यागयुक्त हेलमेट प्रस्तुत गरेका छन्। कम्पनीको हेलमेट २०२३ सम्म विश्व बजारमा उपलब्ध हुने विश्वास गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

एयरब्याग सुरक्षित प्रविधि प्रोटोटाइप मोडल स्वीडिस निर्माता अटोलिभको सहयोगमा बनाइएको हो।

यस एयरब्याग हेलमेटले काम कारको ड्यासबोर्डमा रहेको एयरब्याक प्रविधिले जस्तै गर्छ। बाइक सवारमा प्रभाव पर्दा हेलमेटको माथिल्लो हिस्सामा लगाएको एयरब्याग आफैँ खुल्छ र हेलमेटको चारै तर्फ सुरक्षा घेरा बनाउँछ। यो हेलमेट पारम्परिक हेलमेटको तुलनामा अधिक प्रभाव सहन सक्छ।

ऐरोहले यस हेलमेटको मद्दतबाट टाउँकोमा चोट लाग्ने सम्भावना करिब आधा कम हुन्छ। तर कम्पनीले हेलमेटले कति दवाब वा प्रभाव धान्न सक्छ भन्ने विवरण उपलब्ध गराएको छैन।

एयरब्याय हेलमेट प्रविधिको परीक्षण २०२० देखि शुरु गरिएको छ। हाल यस हेलमेटको प्रोटोटाइप मोडलको नवीनतम सुरक्षा मापदण्ड अनुसार टेस्टिङ भइरहेको छ।

प्रकाशित: २० मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...