काठमाडौं ।
एप्पल आपूर्तिकर्ता फक्सकनले चीनको कोभिड प्रभावित झोंग्झाउ प्लान्ट डिसेम्बरको अन्तिमदेखि जनवरीको शुरुमा पूर्ण उत्पादन शुरु गर्ने अपेक्षा गरिएको छ। गत महिना कामदारहरुको आन्दोलनका कारण विश्वको सबैभन्दा ठूलो आईफोन कारखानाको उत्पादनमा अवरोध सिर्जना भएको थियो।
विश्वको सबैभन्दा ठूलो कन्ट्रयाक्ट इलेक्ट्रोनिक्स निर्माताले सोमबार गत वर्षको नोभेम्बरको तुलनामा राजश्व ११.४ प्रतिशतले घटेको बताएको छ। चीनमा कोभिड १९ नियन्त्रण सम्बन्धित कडा नियमका कारण उत्पादनमा समस्या भएको कम्पनीले जनाएको रोयटर्सले उल्लेख गरेको छ।
‘अहिले नोभेम्बर सबैभन्दा बढी प्रभावित अवधि भएपनि समग्र महामारीको अवस्था नियन्त्रणमा आएको छ,’ कम्पनीले एक विज्ञप्तिमा भन्यो, यसले नयाँ कर्मचारीहरू भर्ती गर्न थालेको छ र बिस्तारै ‘उत्पादन क्षमता सामान्यमा पुर्याउँदैछ।’
स्मार्ट उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायको लागि जसमा स्मार्टफोनहरु समावेश छन्, झोंग्झाउमा उत्पादन अवरोध भएकाले गत वर्षको तुलनामा नोभेम्बरमा ढुवानीमा कमि आएको फक्सकनले भनेको छ।
झोंग्झाउ प्लान्टले कडा कोभिड १९ प्रतिबन्धको सामना गरिरहेको छ। जसले कारखानाको अवस्थालाई लिएर कामदारहरुमा असन्तुष्टि बढाएको छ।
एप्पल डिभाइसको उत्पादन क्रिसमक र जनवरीको लुनर नयाँ वर्षको बिदा अघि अवरुद्ध भएको थियो। धेरै कामदारहरु भाइरसको फैलावटसँग लड्न वा प्लान्टबाट अलग्गै बस्नु परेको थियो।
नोभेम्बरको अशान्तिमा कामदार र सुरक्षाकर्मीहरु बिच झडप पनि निम्तिएको थियो। झोंग्झाउ प्लान्टमा नोभेम्बरमा ३० प्रतिशत भन्दा बढी उत्पादन प्रभावित भएको थियो। फक्सकनले आफ्नो उत्पादन योजना वा वित्तमा अवारोधको प्रभावको विवरण खुलासा गरेको छैन।
रिपोर्टका अनुसार फक्सकनले करिब ७० प्रतिशत आईफोन एसेम्बल गर्छ। र झोंग्झाउ प्लान्टले आईफोन १४ प्रो सहित एप्पलका प्रिमियम मोडलहरु उत्पादन गर्दै आइरहेको छ।
‘क्षमता अब क्रमशः शुरु हुँदैछ, नयाँ कर्मचारी भर्नाको काम भइरहेको छ,’ यस विषयमा प्रत्यक्ष जानकारी भएका व्यक्तिले भने।
‘यदि भर्ती सहज रूपमा चल्यो भने, यसले पूर्ण उत्पादन पुनः सुरु गर्न लगभग तीन देखि चार हप्ता लाग्न सक्छ,’ ती व्यक्तिले भने, ‘डिसेम्बरको अन्त्यदेखि जनवरीको शुरुतिरको अवधिलाई औंल्याउँदै।’
प्रकाशित: २० मंसिर २०७९, मंगलवार