अमेरिकी सेनाद्वारा क्यानू ईलेक्ट्रिक पिकअप ट्रकको परीक्षण शुरु

  • Technology Khabar | १९ मंसिर २०७९, सोमबार
अमेरिकी सेनाद्वारा क्यानू ईलेक्ट्रिक पिकअप ट्रकको परीक्षण शुरु

काठमाडौं ।

क्यानूले आफ्नो नयाँ प्रोटोटाईप लाईट ट्याक्टिकल भेहिकल अमेरिकी सेनालाई डेलिभर गरेको छ। गत जूलाईमा क्यानूले गरेको दुई भिन्न सम्झौता अनुसार ४ हजार ५ सय यूनिट इलेक्ट्रिक भेहिकल वालमार्टलाई र टेस्ट भेहिकलको रुपमा ईलेक्ट्रिक पिकअप ट्रक अमेरिकी सेनालाई प्रदान गर्ने घोषणा गरेको थियो।

वर्षको शुरुवातमा कम्पनीमा आर्थिक अभाव देखिएको चेतावनी क्यानूले दिए पनि पछि बिस्तारै क्रमिक सुधार आएको उल्लेख गरिएको छ।

नयाँ लाईट ट्याक्टिकल भेहिकल (एलटीभी) क्यानूको पिकअप ट्रकको परिमार्जित भर्सन रहेको उल्लेख गरिएको छ। कार्बन केभलरको प्रयोग गरिएको ईभी हलुका र टिकाउ भएको कम्पनीको दाबी छ। उक्त लाईट ट्याक्टिकल भेहिकललाई पिकअप बाट सजिलै फ्ल्याट बेड ट्रककामा परिणत गर्न मिल्ने कम्पनीले बताएको छ। निर्माण सामग्री र ट्याक्टिकल उपकरणहरु ढुवानीको लागि उक्त लाईट ट्याक्टिकल भेहिकलको प्रयोग हुने बताईएको छ। स्थिल्थ कन्फिगरेसन समावेस गरिएको उक्त अल व्हील ड्राईभ गाडीले ६०० हर्स पावर उत्पादन गर्ने सक्षम छ। कठिन भूभागमा चलाउनका लागि ईभीमा ३२ ईन्चको टायरको साथै एयर स्प्रीङ र रेज्ड स्पेन्सन स्टिम फिचरका रुपमा समावेस गरिएको छ।

पृथ्विका सबै भन्दा ठूला प्रदूषकहरु मध्ये अमेरिकी सेना पनि एक रहेको उल्लेख गरिएको छ। स्वीडेन र डेनमार्क लगायत फस्ट वर्ल्ड कन्ट्रिज र विश्वका अन्य १४० देशहरुलाई पछि पार्दै अमेरीकी सेनाको लार्जर कार्बन फूटप्रिन्ट रहेको बताईएको छ। २०२२ को शुरुवातमा डिफेन्स डिपार्टमेन्टले अन्य रणनीतिहरु संगै नेट-जिरो ईमिसन योजनाको घोषणा गरेको थियो। तर क्यानू उक्त पहलको हिस्सा हुने बारेमा कुनै ग्यारेन्टी नरहेको उल्लेख गरिएको छ। अमेरिकी सेनालाई आफ्नो ग्राहकको रुपमा पाएमा क्यानूलाई व्यवसायीक लाभ हुने इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: १९ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार