स्कूल म्यानेजमेन्ट सफ्टवेयर ‘वेद’ ले जित्यो राष्ट्रिय उद्यमशीलता विश्वकप अवार्ड

  • Technology Khabar | १९ मंसिर २०७९, सोमबार
स्कूल म्यानेजमेन्ट सफ्टवेयर ‘वेद’ ले जित्यो राष्ट्रिय उद्यमशीलता विश्वकप अवार्ड

काठमाडौं ।

स्कूल म्यानेजमेन्ट सफ्टवेयर ‘वेद’ ले उद्यमशीलता वर्ल्डकप-नेपाल जितेको छ। नेपालमा नेपाली युवा उद्यमी मञ्चले आयोजना गरेको यो सबैभन्दा ठूलो स्टार्टअप पिचिङ प्रतियोगिताहरू मध्ये एक हो।

एनवाईईएफद्वारा २८ नोभेम्बर, २०२२ मा एफएनसीसीआई भवन, टेकु, काठमाडौंमा उद्यमशीलता विश्वकपको राष्ट्रिय फाइनल आयोजना गरिएको थियो।

कार्यक्रम युवा उद्यमीहरूले आफ्नो विविध र नवीन विचारहरू पिच गरेर सुरु भएको थियो। उत्कृष्ट ६ स्टार्टअप कम्पनीलाई फाइनलमा छनोट गरिएको थियो। वेद ती मध्ये एक हो।

उद्यमशीलता विश्वकप २०२२ को राष्ट्रिय फाइनलमा, वेदले उपाधि जित्न सफल भयो र सन् २०२३ को मार्चमा कतारमा हुने उद्यमशीलता विश्वकपको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने टोलीको रूपमा छनोट भयो।

आयोजककाअनुसार वेद सफ्टवेयर नेपाल, ब्रुनाई र बंगलादेशमा ८०० प्लस विद्यालयहरूका ग्राहकहरूको रूपमा एड-टेक बजारमा अग्रणी ब्रान्ड भएको छ। वेदले शिक्षा प्रणालीलाई डिजिटल, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाउनमा केन्द्रित उदीयमान राष्ट्रहरूमा सम्पूर्ण शैक्षिक परिदृश्य परिवर्तन गर्न खोजेको जनाएको छ।

वेद एक विद्यालय व्यवस्थापन सफ्टवेयर हो र सबै शैक्षिक संस्थाहरूको कार्यप्रवाहलाई स्वचालित, डिजिटाइज र व्यवस्थापन गर्नको लागि ‘वन स्टेप सलुसन’ भएको दाबी छ।

प्रकाशित: १९ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...