न्यूजील्याण्डमा फेसबुक र गुगलले समाचारको लागि पैसा तिर्नु पर्ने कानुन ल्याउँदै

  • Technology Khabar | १९ मंसिर २०७९, सोमबार
न्यूजील्याण्डमा फेसबुक र गुगलले समाचारको लागि पैसा तिर्नु पर्ने कानुन ल्याउँदै

काठमाडौं ।

न्यूजील्याण्ड सरकारले अल्फाबेट इंक गुगल र मेटा प्लेटफर्मक लगायत ठूला अनलाइन डिजिटल कम्पनीहरुलाई स्थानीय समाचार सामग्री उनीहरुको फिडमा देखाउँदा न्यूजील्याण्ड मिडिया कम्पनीहरुलाई भुक्तान गर्नु पर्ने कानुन ल्याउने भएको छ।

न्यूजील्याण्डका प्रसार मन्त्री विली ज्याक्सनले आइतबार एक विज्ञप्तिमा भने कि यो कानुन अस्ट्रेलिया र क्यानडाकै समान हुनेछ। यसले स्थानीय समाचार आउलेटहरुसँग सम्झौता गर्न डिजिटल प्लेटफर्महरुको लागि प्रोत्साहनको रुपमा काम गर्ने उनले आशा गरेको रोयटर्सले उल्लेख गरेको छ।

‘न्यूजील्याण्ड समाचार मिडिया, विशेष गरी साना क्षेत्रीय र सामुदायिक समाचार पत्रहरू, अधिक विज्ञापनहरू अनलाइन सार्दा आर्थिक रूपमा व्यवहार्य रहन संघर्ष गरिरहेका छन्,’ ज्याक्सनले भने, ‘ यो महत्त्वपूर्ण छ कि उनीहरूको समाचार सामग्रीबाट लाभ उठाउनेहरूले वास्तवमा यसको लागि तिर्छन्।’

नयाँ कानून संसदमा मतदानमा जानेछ जहाँ सत्तारुढ लेबर पार्टीको बहुमतले यसलाई पारित गर्ने अपेक्षा गरिएको छ।

अष्ट्रेलियाले २०२१ मा एउटा कानून पेश गर्यो जसले सरकारलाई इन्टरनेट कम्पनीहरूलाई मिडिया आउटलेटहरूसँग सामग्री आपूर्ति सम्झौताहरू वार्तालाप गराउने अधिकार दिएको थियो।

प्रकाशित: १९ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार