कामना सेवा विकास बैंकको २६ औं शाखा रहित बैंकिङ्ग सेवा, मोबाइल एप मार्फत सेवा पाईने

  • Technology Khabar | १९ मंसिर २०७९, सोमबार
कामना सेवा विकास बैंकको २६ औं शाखा रहित बैंकिङ्ग सेवा, मोबाइल एप मार्फत सेवा पाईने

काठमाडौं ।

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल मङ्सिर १८ गते आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा न.पा. वडा नं. ०३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

तिलोत्तमा न .पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र वडा नं. ०३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरे।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।

प्रकाशित: १९ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार