काठमाडौं ।
भिभोको सब ब्रान्ड आईकूले आफ्नो आईकू ११ सिरिज पुन रिसेड्युल गरेको छ। अब स्मार्टफोन डिसेम्बर ८ मा सार्वजनिक हुने लाइभमिन्टले उल्लेख गरेको छ।
यो सिरिजमा दुई स्मार्टफोन आईकू ११ र आईकू ११ प्रो छन्।
आईकू ११ दुई सिरिज लेजेन्ड र अल्फामा प्रस्तुत गरिनेछ। प्रो मोडल अल्फा, लेजेन्ड र मिन्ट ग्रिन कलरमा आउनेछ।
आईकू ११ प्रोको ४७०० एमएएच ब्याट्रीले २०० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। भेनिला मोडलको ५००० एमएएच ब्याट्रीले १२० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ। दुवै फोन क्वालकम स्न्यापड्रागन ८ जेन २ प्रोसेसरबाट सञ्चालित हुनेछ।
डिभाइसले १४४ हर्ज ई६ एएमओएलईड डिस्प्ले १४० हर्ज पीडब्ल्यूएम डिमिङ र १८० निट पिक ब्राइटनेस प्रदान गर्नेछ। स्क्रिनले २ के रिज्योलुसन प्रदान गर्नेछ।
दुवै आईकू ११ र आईकू ११ प्रोमा ६.७८ इन्चको १४४ हर्ज रिफ्रेस रेट प्यानले २ के रिज्योलुसन प्रदान गर्नेछ। फोन ट्रिपल क्यामरा सेटअपमा आउनेछ।
प्रो मोडलमा ५० मेगापिक्ल एफ/१.७५ प्राइमरी सोनी आईएमएक्स८६६ सेन्सर, ५० मेगापिक्सल अल्ट्रा वाइट सुटर र १३ मेगापिक्सल पोट्रेट टेलिफोटो सेन्सर छ।
आईकू ११ मा ५० मेगापिक्सलको मुख्य क्यमारा, १३ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा र ८ मेगापिक्सलको पोट्रेटसेन्सर छ।
दुवै फोनमा सेल्फी र भिडियो कलका लागि १६ मेगापिक्सलको क्यामरा दिइएको छ।
साथै दुवै फोन एन्ड्रोइड १३ अपरेटिङ सिस्टमबाट सञ्चालन हुनेछ।
प्रकाशित: १९ मंसिर २०७९, सोमबार