गुगलका सीईओ भारत सरकारको पद्मभूषण नागरिक पुरस्कारबाट सम्मानित

  • Technology Khabar | १९ मंसिर २०७९, सोमबार
गुगलका सीईओ भारत सरकारको पद्मभूषण नागरिक पुरस्कारबाट सम्मानित

काठमाडौं ।

गुगल तथा अल्फाबेट इन्चका सीईओ सुन्दर पिचाइ भारत सरकारद्वारा पद्मभूषण नागरिक पुरस्कारबाट सम्मानित भएका छन्। भारतीय पृष्ठभूमिका ५० वर्षिय पिचाई सन् २०१९ डिसेम्बरदेखि सर्च इन्जिनको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।

उनलाई अमेरिकाको सान फ्रान्सिस्कोमा भारत सरकारद्वारा भारतको तेस्रो–सर्वोच्च नागरिक पुरस्कारले सम्मानित गरिएको हो।

अवार्ड ग्रहण गर्दा उनले भने, ‘भारत मेरो एकमात्र अङ्ग हो र म जहाँ जान्छु त्यसलाई लिएर जानेछु।’

अमेरिकाका लागि भारतीय राजदूत तरनजीत सिंह सन्धुबाट अवार्ड ग्रहण गर्दै सीईओले थप भने, ‘सिकाइ र ज्ञानको कदर गर्ने परिवारमा हुर्कन पाएकोमा म भाग्यमानी थिएँ,। मेरा लागि धेरै त्याग गरेका अभिभावकहरूसँगै थिए। मैले मेरो रुचिहरू अन्वेषण गर्न अवसर प्राप्त गरे।’

सुन्दर पिचाईलाई व्यापार र उद्योग श्रेणी अन्तर्गत पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो, र उनी यस नागरिक पुरस्कारबाट सम्मानित भारतका १७ शीर्ष नागरिकहरुमध्ये थिए।

‘गुगलका सीईओ सुन्दर पिचाईलाई सान फ्रान्सिस्कोमा पद्मभूषण प्रदान गर्न पाउँदा खुसी लागेको छ। मदुरै देखि माउन्टेन भ्यू सम्मको उनको प्रेरक यात्राले भारत र अमेरिका बीचको आर्थिक र प्राविधिक सम्बन्धलाई बलियो बनायो र भारतीय प्रतिभाको विश्वव्यापी नवाचारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो।’ संयुक्त राज्यका लागि भारतका राजदूतले यस अवसरमा गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १९ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार