मोटोरोला एज ३० फ्यूजन अमेरिकामा सार्वजनिक

  • Technology Khabar | १८ मंसिर २०७९, आईतवार
मोटोरोला एज ३० फ्यूजन अमेरिकामा सार्वजनिक

काठमाडौं ।

मोटोरोलाले गत सेप्टेम्बरमा एज ३० फ्यूजन स्मार्टफोन विश्व बजार सामु ल्याएको थियो। अमेरिकी बजारमा भने मोटोरोलाले हालै मात्र एज ३० फ्यूजन स्मार्टफोन उपलब्ध गराएको छ। प्यान्टोन कलर अफ द यर २०२३ रहेको उक्त भिभा म्यागनेट रङमा मोटोरोलाले एज ३० फ्यूजन अमेरेकी बजारमा हालै सार्वजनिक गरेको हो।

वर्षभरीको ग्लोवल ट्रेन्ड र थिमहरुमा आधारित रहेर प्यान्टोनले विगत २० वर्ष भन्दा अघि देखि कलर अफ द इयर छान्दै आईरहेको मोटोरोलाले आधिकारिक प्रेस विज्ञप्तिमा बताएको छ। फेसन देखि मार्केटिङ र सामाजिक सञ्जाल हुँदै राजनीति जस्ता समाजको विभिन्न पक्षहरु ध्यानमा राखेर हरेक वर्ष प्यान्टोनले कलर अफ द इयर घोषणा गर्ने गरेको मोटोरोलाले थप जानकारी गराएको छ।

मोटोरोलाले प्यान्टोनसंग विश्वव्यापी रुपमा स्मार्टफोनको लागि विशेष साझेदारी गर्दै आएको छ। सोहि साझेदारीको हकमा रहेर मोटोरोलाले प्यान्टोनको रङहरु आफ्नो स्मार्टफोनमा प्रयोग गर्दै आएको बताइएको छ। अमेरेकी भर्जन एज ३० फ्यूजन र अन्य अन्तर्राष्टिय भर्सनको स्पेसिफिकेसन समान भएता पनि अमेरिकी भर्सनको रङको र अन्य अन्तर्राष्ट्रिय भर्सनको भन्दा भिन्न रहेको बताईएको छ। त्यसैगरी अमेरेकी भर्जन एज ३० फ्यूजन स्मार्टफोन मोटो बड्स ६०० एएनसी टीडब्लूएस इयर बड्सको साथ उपलब्ध हुने जानकारी दिईएको छ।

भिभा म्यागनेट भेरिएन्टको मोटोरोला एज ३० फ्यूजनको मूल्य ७ सय ९९.९९ अमेरेकी डलर तोकिएको छ। ६०० एएनसी टीडब्लूएस इयर बड्स बिना भने नेप्च्यून ब्लू कलरमा एज ३० फ्यूजनको मूल्य ६ सय ९९.९९ अमेरेकी डलर तोकिएको छ। एटी एण्ड टी र टी–मोवाईल अन्र्तगत काम गर्ने मोटोरोला एज ३० फ्यूजन अनलक्ड फोन रहेको बताईएको छ।

मोटोरोला एज ३० फ्यूजनको फिचरहरु
मोटोरोला एज ३० फ्यूजन फोनमा ६.५५ ईन्चको सेन्टर्ड पन्च होल १० बिट कर्भड पोल्ड सहित २४००x१०८० पिक्सेल्स (एफएचडी+) रिजोलुसन भएको डिस्प्ले समावेस गीरएको छ। डिस्प्लेको रिफ्रेस रेट १४४ हर्ज र टच स्यापलिङ रेट ३६० हर्ज भएको बताईएको छ।

त्यसै गरी उक्त प्यानलमा २०ः९ को एसप्येक्ट रेसियोको साथमा ११० निट्सको पिक ब्राईटनेस र फिङ्गर प्रिन्ट समावेस गरिएको छ। स्क्रीनले एचडीआर १० प्लस र सय प्रतिशत डीसीआई–पी३ कलर ग्यामट सपोर्ट गर्ने भनी बताईएको छ।

फोनमा क्वालकम स्न्यापड्र्गन ८८८ प्लसको चिपसेट र एलपीडीडीआर ५ र्यामको साथै यूएफएस ३.१ स्टोरेज समावेस गरिएको बताईएको छ। फोनले रेडि फर सपोर्टको साथै एन्ड्रोइड १२ लाई सपोर्ट गर्ने उल्लेख गरिएको छ।

सेल्फी र भिडियोको लागि फोनको अगाडि ३२ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। फोनमा ५० मेगा पिक्सेलको ओआईएस सपोर्ट गर्ने प्राईमेरी सेन्सर सहित अटो फोकस र म्याक्रो भिजन भएको १३ मेगा पिक्सेलको अल्ट्रा वाईड सेन्सर र २ मेगा पिक्सेलको डिप सेन्सर भएको त्रिपल क्यामेरा सेटअप रहेको छ।

एज ३० फ्यूजन स्मार्टफोनले डुअल सिम, फाईभ जी, वाईफाई ६, ब्लूटुथ ५.२।जीएनएसएस, एनएफसी र यूएसबी टाइप–सी कनेक्टीभिटी (यूएसबी ३.१) सपोर्ट गर्ने बताईएको छ। फोनमा डल्बी एटमस् सपोर्ट गर्ने डुअल स्टेरियो स्पिकरहरुको साथमा कोर्निङ गोरिल्ला ग्लास र आईपी५२ रेटिङ समावेस गरिएको बताईएको छ। ६८ वाट सम्मको वाएर चार्ज धान्ने ४,४०० एमएएचको ब्याट्रि फोनमा रहेको छ।

प्रकाशित: १८ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार