विद्युत प्राधिकरणले भन्यो- ‘इन्टरनेट तार व्यवस्थापनको काममा उल्लेखनीय प्रगति भएन काटिदिन्छौं’

  • Technology Khabar | १८ मंसिर २०७९, आईतवार
विद्युत प्राधिकरणले भन्यो- ‘इन्टरनेट तार व्यवस्थापनको काममा उल्लेखनीय प्रगति भएन काटिदिन्छौं’
तार व्यवस्थापन गर्दै इन्टरनेट सेवा प्रदायकका प्राविधिक कर्मचारीहरु। फाइल तस्विर

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले आफ्नो पोलमा दूरसञ्चार केबल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरूबाट तानिएको केबल (Optical – Fiber / Co- axial Cable) तथा उपकरणहरू व्यवस्थापन नगरेमा काटिदिने चेतावनी दिएको छ।

प्राधिकरणले यसअघि नै सूचना प्रकाशित गरेर तार व्यवस्थापन गर्न समय दिएको भन्दै सो अवधिमा तार व्यवस्थापन गर्न भनेको छ।

यदि सो अवधिभित्र व्यवस्थापन नभएमा तार काटिदिने चेतावनी दिएको हो। नेविप्राको वितरण तथा ग्राहक सेवा निर्देशनालयले तार व्यवस्थापनको काम उल्लेखनीय नभएको दाबी गरेको छ।

“नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) को विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक Optical Fiber cable / Coaxial cable तथा पोलमा जथाभावी झुण्डयाइएको उपकरणहरू निर्धारित मापदण्ड अनुसार ४५ दिन भित्रमा व्यवस्थित गर्ने सम्बन्धमा मिति २०७९ । ७।१५ गतेको गोरखापत्रमा सार्वजनिक सूचना मार्फत अनुरोध गरिएकोमा हालसम्म समेत सोको कार्यान्वयनमा उल्लेखनीय प्रगति नदेखिएको हुँदा निर्धारित समयावधिभित्र उक्त कार्य सम्पन्न गर्नुहुन सम्बन्धित सबै सेवा प्रदायक संस्थाहरूमा अनुरोध गरिन्छ,” प्राधिकरणले सूचनामा भनेको छ।

यसका साथै तोकिएको समयमा सुधार कार्य नगर्ने/नगराउने सेवा प्रदायकहरूको Cable लगायतका उपकरणहरू ने. वि. प्रा. ऐन, २०४१ को दफा १९ (ख) र १९ (छ) बमोजिम ने. वि. प्रा. आफैँले हटाउने र यसबाट हुन सक्ने नोक्सानीका लागि इन्टरनेट केबल टी. भी. / दूरसञ्चार सेवा प्रदायक स्वयं जिम्मेवारी हुने समेत चेतावनी दिएको हो।

प्रकाशित: १८ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार