अव्यवस्थित इन्टरनेटका तार हटाइने

  • Technology Khabar | १८ मंसिर २०७९, आईतवार
अव्यवस्थित इन्टरनेटका तार हटाइने
सांकेतिक तस्विर

काठमाडौं ।

गुल्मीको तम्घास बजारलाई सुन्दर बनाउन रेसुङ्गा नगरपालिका अगाडि बढेको छ। सदरमुकाम तम्घास बजारको सौन्दर्य बढाउन अव्यवस्थित तारहरूलाई व्यवस्थापन गर्न लागिएको छ।

सुन्दर नगरपालिका बनाउने उद्देश्यसहित रेसुङ्गा नगरपालिका अगाडि बढेको हो । नगर प्रमुख खिलध्वज पन्थीले जिल्लामा रहेका नेपाल टेलिकम तथा विभिन्न केबुल र अन्य इन्टरनेटका सेवा प्रदायक निकायका प्रतिनिधिसँग संयुक्तरूपमा छलफल गरी अव्यवस्थित तार हटाउन निर्देशन दिए।

अहिले तम्घास बजार मा ११ मिटर अग्लो विद्युत्का पोल गाडिएको छ। १८ गते देखि उक्त पोलमा विद्युत् प्राधिकरणले तार जडान गर्ने भएको छ। सेवा प्रदायक निकाय सबैले अन्तर समन्वयमा टेलिकम, केबुल र नेटका तार व्यवस्थित गर्ने नगर प्रमुख पन्थीले बताए। गोरखापत्रबाट

प्रकाशित: १८ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...