अमेरिकामा पीसीको बिक्री १२ प्रतिशतले घट्यो

  • Technology Khabar | १७ मंसिर २०७९, शनिबार
अमेरिकामा पीसीको बिक्री १२ प्रतिशतले घट्यो

काठमाडौं ।

अमेरिकी बजारमा २०२२ को तेस्रो क्वाटरमा पीसी (कम्प्युटर)को ढुवानी घटेको छ। क्यानालिसले प्रकाशित गरेको रिपोर्टमा अमेरिकी बजारमा पीसीको ढुवानी घटेको देखिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

रिपोर्ट अनुसार बजारमा पीसी ढुवानीहरू वर्ष-दर-वर्ष वृद्धिको तुलनामा तेस्रो त्रैमासिकमा १२.१ प्रतिशतको उच्च गिरावट देखिएको छ।

ल्यापटपको बजार १२ प्रतिशतले घटेको छ भने डेस्कटपको ढुवानी भने १ प्रतिशतले बढेको छ।

अमेरिकामा डेल, एचपी, एप्पल, लेनोभो र एसर शीर्ष ल्यापटप उत्पादक हुन्।

यस्तोमा एप्पल र एस मात्र ढुवानी बढाउन सफल भएका छन्। बाँकी ब्रान्डहरुले आफ्नो बजार हिस्सामा उल्लेखनीय गिरावटको सामना गरेका छन्।

उपभोक्ता र शिक्षा क्षेत्रमा माग कमजोर भएकाले कम्पनीहरुको ढुवानी घट्न पुगेको हो। अनलाइन शिक्षाका कारण पछिल्लो केही वर्ष ल्यापटपको बिक्री बढेको थियो।

उभोक्ताको कमजोर क्रयशक्ति र मूल्य वृद्धिका काण ल्यापटको बजार बढ्न सकेको छैन।

प्रकाशित: १७ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार