भिभोद्वारा पाचौंँ वार्षिकोत्सवको अवसरमा आकर्षक उपहारहरुसहित सेल्स कार्निभल आयोजना

  • Technology Khabar | १६ मंसिर २०७९, शुक्रबार
भिभोद्वारा पाचौंँ वार्षिकोत्सवको अवसरमा आकर्षक उपहारहरुसहित सेल्स कार्निभल आयोजना

काठमाडौं ।

भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ। विगत पाँच वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको हो।

पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना प्यारो उपभोक्ताहरूलाई आभार प्रकट गर्न आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल आजबाट शुरु गरेको छ ।

भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र रु ३०,००० भन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टी सहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।

यसका लागि लक्की ड्र मा सहभागी हुन् ग्राहकहरुले भिभोको वेबसाइट वा भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गेरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउँन सक्नेछन् ।

पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन् जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जीवी) को मूल्यमा रु.१००० ले घटाइएको छ । त्यस्तै वाई१५एस र वाई१५सी को मूल्य रु. १५०० ले घटाइएको छ । यससंगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सी को नयाँ मूल्य क्रमशः रु २१,९९९, रु १८४९९ र रु.१६,४९९ रहेको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकले भने, “नेपालमा हाम्रो पाँचौं वार्षिकोत्सव मनाउन पाउँदा हामीलाई धेरै खुशी लागेको छ । यो एक अद्भुत अनुभव हो, र हामी हाम्रा प्रिय उपभोक्ताहरूको माया र समर्थनको लागि सदैव आभारी छौं र उनीहरुका लागि सेल्स कार्निभलमार्फत आकर्षक अफर र उपहारहरु प्रदान गर्न चाहन्छौं । हामीले भिभोको यात्रामा हाम्रा ग्राहकवर्ग, साझेदारहरू, वितरकहरू र खुद्रा विक्रेताहरूबाट धेरै माया र समर्थन पाएका छौं । र, हामी नेपालमा अझ उत्कृष्ट सेवाहरू प्रदान गर्न जारी राख्नेछौं ।”

ब्रान्डले हालै स्टाइलिश र परिष्कृत भी२५ सिरिज, लोकप्रिय वाई१६ र वाई२२एस, साथै वाई३५ सहित धेरै उल्लेखनीय र शक्तिशाली उपकरणहरू लन्च गरेको छ, जसले यस क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको छ । यसका अतिरिक्त, भिभोले प्रयोगकर्ताहरूलाई सम्भव भएसम्मको उत्कृष्ट अनुभव सुनिश्चित गर्न विभिन्न पहल र सेवाहरू पनि प्रदान गर्दछ ।

साथै, भिभोले प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म “भिभो सर्भिस डे” संचालन गर्दछ जहाँ ग्राहकहरूलाई सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क उपलब्ध हुन्छ।

यो योजना मंसिर १५ गतेदेखि पुष १६ गतेसम्म लागू हुने जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार